पूर्वप्रधानमन्त्री नेपालविरुद्धको जग्गा हिनामिना मुद्दामा साक्षी बकपत्र गराउन आदेश

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २६, मंगलबार १७:३२

काठमाडौं । पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध दर्ता भएको पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना मुद्दामा सरकारी साक्षीको बकपत्र गराउन विशेष अदालतले आदेश दिएको छ ।

मंगलबार विशेष अदालतका सदस्यद्वय नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले मुद्दामा साक्षीका रूपमा राखिएका व्यक्तिहरूलाई उपस्थित गराउन आदेश दिएको हो । सरकारी साक्षीको बकपत्र सकिएपछि मुद्दाको अन्तिम सुनुवाइका लागि अङ्ग पुग्ने जनाइएको छ ।

Advertisement

यसअघि विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश हेमन्त रावलको इजलासले अख्तियारले उक्त उजुरी तामेलीमा राख्ने निर्णयको फाइल झिकाउन आदेश दिएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्ष जेठमा पूर्वप्रधानमन्त्री नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो, जरिवाना र सजायको मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

तपाइको प्रतिक्रिया
पुष्पलाल स्मृति ब्याडमिन्टन: कबिर र सुहम अन्तिम ३२ मा
पुष्पलाल स्मृति ब्याडमिन्टन: कबिर र सुहम अन्तिम ३२ मा
विराटनगरमा विद्यालय स्तरीय क्रिकसल प्रतियोगिता हुँदै 
विराटनगरमा विद्यालय स्तरीय क्रिकसल प्रतियोगिता हुँदै 
रतुवामाईमा सर्पको टोकाइबाट महिलाको मृत्यु
सुनबर्षीमा महिला मृत फेला
कप्तानगन्ज घटनाको छानबिनमा न्यायिक आयोग गठन गर्न कांग्रेसको माग
प्रदेश सरकार गठन र मन्त्रालय बाँडफाँटका लागि एमाले र नेकपाको ५ बुँदे निर्देशन
लाइसेन्समा नयाँ अनलाइन प्रणाली, राष्ट्रिय परिचयपत्र र आफ्नै मोबाइल नम्बर अनिवार्य
पूर्वप्रधानमन्त्री नेपालविरुद्धको जग्गा हिनामिना मुद्दामा साक्षी बकपत्र गराउन आदेश
व्यवसायी शेखर गोल्छासँग विशेष अदालतद्वारा एक करोड धरौटी माग
सुनसरी र सिराहाका चार जनालाई शहीद घोषणा गर्ने मन्त्रिपरिषद्को निर्णय
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.