लाइसेन्समा नयाँ अनलाइन प्रणाली, राष्ट्रिय परिचयपत्र र आफ्नै मोबाइल नम्बर अनिवार्य

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २६, मंगलबार १७:४८

काठमाडौं। यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लगायतका सेवालाई थप व्यवस्थित गर्न नयाँ अनलाइन प्रणाली कार्यान्वयनमा ल्याएको छ । २०८३ साउन १ गतेदेखि लागू नयाँ प्रणालीमा नयाँ फारम भर्न र विवरण अद्यावधिक गर्न राष्ट्रिय परिचयपत्र, आफ्नै नाममा रहेको मोबाइल नम्बर र इमेल अनिवार्य गरिएको छ ।

सर्भर अपग्रेड र नयाँ प्रणाली लागू गर्ने क्रममा देशभरका यातायात कार्यालयमा करिब तीन साता सेवा रोकिए पनि अहिले पूर्ण रूपमा सञ्चालनमा आइसकेको विभागका निर्देशक केशव खतिवडाले बताए । नयाँ प्रणालीलाई नागरिक एप, राष्ट्रिय परिचयपत्र र मोबाइल सेवा प्रदायकको प्रणालीसँग एकीकृत गरिएकाले अब नागरिक एपमार्फत विवरण स्वतः भरिने व्यवस्था मिलाइएको छ । विदेशमा रहनेहरूका लागि इमेलमा ओटीपी प्राप्त हुने सुविधा समेत थपिएको छ ।

Advertisement

राष्ट्रिय परिचयपत्र नभएकाहरूको मात्र काम रोकिएकाले जिल्ला प्रशासन कार्यालयबाट तत्कालै पाइने परिचयपत्र नम्बर प्रयोग गरेर फारम भर्न सकिने विभागले जनाएको छ । फारम भर्नका लागि राष्ट्रिय परिचयपत्रको भौतिक कार्ड नै नचाहिने र दर्ता नम्बर भए पुग्ने खतिवडाले बताए ।

तपाइको प्रतिक्रिया
पुष्पलाल स्मृति ब्याडमिन्टन: कबिर र सुहम अन्तिम ३२ मा
पुष्पलाल स्मृति ब्याडमिन्टन: कबिर र सुहम अन्तिम ३२ मा
विराटनगरमा विद्यालय स्तरीय क्रिकसल प्रतियोगिता हुँदै 
विराटनगरमा विद्यालय स्तरीय क्रिकसल प्रतियोगिता हुँदै 
रतुवामाईमा सर्पको टोकाइबाट महिलाको मृत्यु
सुनबर्षीमा महिला मृत फेला
कप्तानगन्ज घटनाको छानबिनमा न्यायिक आयोग गठन गर्न कांग्रेसको माग
प्रदेश सरकार गठन र मन्त्रालय बाँडफाँटका लागि एमाले र नेकपाको ५ बुँदे निर्देशन
लाइसेन्समा नयाँ अनलाइन प्रणाली, राष्ट्रिय परिचयपत्र र आफ्नै मोबाइल नम्बर अनिवार्य
पूर्वप्रधानमन्त्री नेपालविरुद्धको जग्गा हिनामिना मुद्दामा साक्षी बकपत्र गराउन आदेश
व्यवसायी शेखर गोल्छासँग विशेष अदालतद्वारा एक करोड धरौटी माग
सुनसरी र सिराहाका चार जनालाई शहीद घोषणा गर्ने मन्त्रिपरिषद्को निर्णय
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.