कोशी सरकार : कांग्रेसका मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २७, बुधबार १३:४५

विराटनगर। कोशी प्रदेशमा सत्ता समीकरण बदलिने निश्चित भएसँगै प्रदेश सरकारबाट नेपाली कांग्रेसका मन्त्रीहरू बाहिरिने भएका छन्। सरकारमा सहभागी कांग्रेसका चार जना मन्त्री र एक जना राज्यमन्त्रीले आज बुधबार राजीनामा दिने तयारी गरेका हुन्।

नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिइसकेको संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले बताए। दलका नेताको निर्देशनअनुसार मन्त्रीहरूले आजै मुख्यमन्त्रीसमक्ष राजीनामा बुझाउने जानकारी तामाङले दिए।

Advertisement

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय स्तरको सत्ता गठबन्धन र शक्ति सन्तुलन अनुसार कोशी प्रदेशमा पनि सरकार पुनर्गठन गर्न स्पष्ट निर्देशन दिएपछि सरकार फेरबदलको प्रक्रिया सुरु भएको हो।

एमाले र कांग्रेसबीच नयाँ सहमति बनेसँगै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारको नेतृत्व निरन्तरता वा पुनर्गठनका लागि बाटो खुला गर्ने कसरत भइरहेको छ।

कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएसँगै मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषद् पुनर्गठन गरी नयाँ सत्ता साझेदार दलहरूलाई सरकारमा सहभागी गराउने वा नयाँ सरकार गठनको ढोका खोल्ने तयारी गरेका छन्।

तपाइको प्रतिक्रिया
पुष्पलाल स्मृति ब्याडमिन्टन: क्षितिज, विष्णु र प्रफुल्ल सेमिफाइनलमा
पुष्पलाल स्मृति ब्याडमिन्टन: क्षितिज, विष्णु र प्रफुल्ल सेमिफाइनलमा
रेडक्रसको विधान संशोधन तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
तत्काल केन्द्रीय कमिटी बैठक डाक्न ओलीलाई दबाब
भेरी नदीमा जिप खस्दा दुई जना बेपत्ता
नेप्सेमा झिनो सुधार, कारोबार रकम भने साढे तीन अर्बमा सीमित
‘सरकार पुनर्गठन पद बाँडफाँट होइन, काम गर्ने शैली बदल्ने अवसर हो’
सुनसरीको बर्जुमा १५ शय्याको अस्पताल बन्ने, १५ करोड ९३ लाखको सम्झौता
कोशी सरकार : कांग्रेसका मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन
अदालत अगाडि मिटरब्याज पीडित महिलाद्वारा आत्मदाहको प्रयास
सुनसरीको गढीमा स्कुल बसको ठक्करबाट वृद्धाको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.