देउवा नै कांग्रेसको वैधानिक सभापति : कोइराला

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २८, बिहीबार १५:३३

काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले नेपाली कांग्रेसको वैधानिक सभापति शेरबहादुर देउवा नै रहेको दाबी गरेका छन्। बिहीबार देउवा स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतका लागि पुगेका नेता कोइरालाले यस्तो दाबी गरेका हुन्।

सभापतिको जिम्मेवारीका विषयमा कुनै कानुनी अड्चन वा अदालतको रोक्का आदेश (स्टे अर्डर) नरहेको उल्लेख गर्दै उनले देउवाकै नेतृत्वमा पार्टीलाई बलियो बनाउनुपर्नेमा जोड दिए। पार्टीभित्रको आन्तरिक एकतामा जोड दिँदै बाहिरिएका पक्षलाई पुनः मूलधारमा समाहित गर्नुपर्ने उनले बताए।

Advertisement

कोइरालाले पार्टीलाई एक ढिक्का बनाउने प्रयास जारी रहने बताए। संस्थापन समूह र गगनकुमार थापा नेतृत्वको पक्षप्रति लक्षित गर्दै उनले सानेपा कांग्रेस छुट्टिएर गएको टिप्पणी गरे। विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै डा. कोइरालाले भने, ‘सानेपा कांग्रेस छुट्टिएर गएको छ, उनीहरू आउनुपर्ने हो। उनीहरूले अनादर गर्छन् वा के गर्छन् उनीहरूको कुरा हो। तर अहिले पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नै हुन्।’

पार्टी एकता र कानुनी प्रक्रियाबारे थप्दै उनले भने, ‘अदालतबाट कुनै स्टे अर्डर आएको छ र? देउवा नै सभापति हुन्। पार्टीलाई एक ढिक्का बनाएर लैजाने हाम्रो प्रयास सधैँ रहन्छ।’ पार्टीभित्रको असन्तुष्टिलाई संवादका माध्यमबाट समाधान गरी ढिलोचाँडो सबै पक्ष एक ठाउँमा आउनुको विकल्प नरहेको उनले प्रस्ट पारे।

तपाइको प्रतिक्रिया
किशोर श्रेष्ठको गिरफ्तारीप्रति बार एशोसिएशनको ध्यानाकर्षण, तत्काल रिहाइको माग
मुख्यमन्त्री कार्की र प्रदेश प्रमुख खापुङबीच भेट
युवतीलाई बलात्कार गरेको आरोपमा विराटनगरबाट प्रहरी जवान पक्राउ
धरान उपमहानगरमा विवाद समाधान, बजेट पास गर्दै नगरसभाको बाटो खुल्यो
भदौ ३ गते बस्दै कोशी प्रदेशसभा बैठक
सुकुनाका छात्रामाथि दुर्व्यवहार आरोप : शिक्षक र कर्मचारी धरौटीमा रिहा
कांग्रेससँगको सहकार्य सुमधुर र महत्वपूर्ण : मुख्यमन्त्री कार्की
नेप्सेमा दोहोरो अंकको सुधार
सातामा दुई दिन सार्वजनिक बिदा तत्काल पुनरावलोकन नहुने
दशौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ सम्म कर्णालीमा हुने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.