दशौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ सम्म कर्णालीमा हुने

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २८, बिहीबार १५:५२

काठमाडौं । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा सञ्चालन गरिने भएको छ। राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को बिहीबार बसेको १२५औँ बोर्ड बैठकले पाँचौँ पटक मिति सच्याउँदै नयाँ मिति तय गरेको हो।

यसअघि २०७९ कात्तिक–मंसिररमा सम्पन्न नवौँ राष्ट्रिय खेलकुदको समापनका क्रममा १०औँ संस्करण २०८१ मंसिरमा कर्णालीमा गर्ने घोषणा गरिएको थियो। पूर्वाधार निर्माण पूरा नभएको कारण देखाउँदै तोकिएको समयमा प्रतियोगिता हुन नसकेपछि पटकपटक मिति सार्दै आइएको छ।

Advertisement

त्यसपछि २०८१ चैत २३ देखि ३०, २०८२ जेठ ३ देखि १० र आगामी फागुन १ देखि ७ गतेसम्मका लागि मिति तय गरिए पनि बजेट अभाव र प्रशासनिक अन्योलका कारण आयोजना हुन सकेको थिएन।

तात्कालिक खेलकुदमन्त्री बब्लु गुप्ताले २०८२ फागुनमा प्रतियोगिता गराउने निर्णय गरे पनि उनी पदबाट राजीनामा दिएर निर्वाचनमा होमिएपछि प्रतियोगिता पुनः अन्योलमा परेको थियो। अन्ततः राखेप बोर्ड बैठकले मंसिरको मध्यमा प्रतियोगिता गर्ने गरी नयाँ तालिका सार्वजनिक गरेको छ।

तपाइको प्रतिक्रिया
पत्रकार श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति
किशोर श्रेष्ठको गिरफ्तारीप्रति बार एशोसिएशनको ध्यानाकर्षण, तत्काल रिहाइको माग
मुख्यमन्त्री कार्की र प्रदेश प्रमुख खापुङबीच भेट
युवतीलाई बलात्कार गरेको आरोपमा विराटनगरबाट प्रहरी जवान पक्राउ
धरान उपमहानगरमा विवाद समाधान, बजेट पास गर्दै नगरसभाको बाटो खुल्यो
भदौ ३ गते बस्दै कोशी प्रदेशसभा बैठक
सुकुनाका छात्रामाथि दुर्व्यवहार आरोप : शिक्षक र कर्मचारी धरौटीमा रिहा
कांग्रेससँगको सहकार्य सुमधुर र महत्वपूर्ण : मुख्यमन्त्री कार्की
नेप्सेमा दोहोरो अंकको सुधार
सातामा दुई दिन सार्वजनिक बिदा तत्काल पुनरावलोकन नहुने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.