मुख्यमन्त्री कार्की र प्रदेश प्रमुख खापुङबीच भेट

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २८, बिहीबार १७:०३

विराटनगर । कोशी प्रदेश सरकारबाट नेपाली कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएको विषयमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङलाई जानकारी गराएका छन्।

विराटनगर–३ स्थित प्रदेश प्रमुखको कार्यालय पुगेर मुख्यमन्त्री कार्कीसहितको टोलीले प्रदेश प्रमुख खापुङलाई भेटेको हो। भेटका क्रममा कांग्रेसका मन्त्रीहरूले दिएको राजीनामा र प्रदेशको पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराइएको आर्थिक मामिला तथा योजना मन्त्री विदुर कुमार लिङ्थेपले बताए।

Advertisement

सोमबारसम्ममा नयाँ मन्त्रीहरू नियुक्त भई मन्त्रिपरिषद्ले पूर्णता पाउने विषयमा समेत प्रदेश प्रमुखलाई जानकारी गराइएको मन्त्री लिङ्थेपले उल्लेख गरे। प्रदेशका प्रमुख सचिव राजेन्द्र कुमार पौडेलका अनुसार कांग्रेसका मन्त्रीहरू बाहिरिएपछि खाली भएका मन्त्रालयहरूको जिम्मेवारी तत्कालका लागि मुख्यमन्त्री कार्की आफैँले सम्हालेका छन्।

तपाइको प्रतिक्रिया
 पुष्पलाल स्मृति ब्याडमिन्टन: नङ्गशल र रिहानाको जोडी अन्तिम आठमा
पुष्पलाल स्मृति ब्याडमिन्टन: नङ्गशल र रिहानाको जोडी अन्तिम आठमा
पत्रकार श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति
किशोर श्रेष्ठको गिरफ्तारीप्रति बार एशोसिएशनको ध्यानाकर्षण, तत्काल रिहाइको माग
मुख्यमन्त्री कार्की र प्रदेश प्रमुख खापुङबीच भेट
युवतीलाई बलात्कार गरेको आरोपमा विराटनगरबाट प्रहरी जवान पक्राउ
धरान उपमहानगरमा विवाद समाधान, बजेट पास गर्दै नगरसभाको बाटो खुल्यो
भदौ ३ गते बस्दै कोशी प्रदेशसभा बैठक
सुकुनाका छात्रामाथि दुर्व्यवहार आरोप : शिक्षक र कर्मचारी धरौटीमा रिहा
कांग्रेससँगको सहकार्य सुमधुर र महत्वपूर्ण : मुख्यमन्त्री कार्की
नेप्सेमा दोहोरो अंकको सुधार
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.