किशोर श्रेष्ठको गिरफ्तारीप्रति बार एशोसिएशनको ध्यानाकर्षण, तत्काल रिहाइको माग

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २८, बिहीबार १७:१०

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा सञ्चारकर्मी किशोर श्रेष्ठलाई समाचार लेखेकै आधारमा प्रहरीले पक्राउ गरेको घटनाप्रति नेपाल बार एशोसिएशन, मानव अधिकार तथा जनसरोकार समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

समितिका सदस्य सचिव अधिवक्ता किरण न्यौपाने र सहसंयोजक अधिवक्ता डा. राजेन्द्र घिमिरेले संयुक्त विज्ञप्ति जारी गर्दै श्रेष्ठको तत्काल र निशर्त रिहाइको माग गरेका हुन्। प्रकाशित समाचारको विषयमा कुनै गुनासो वा आपत्ति भएमा प्रचलित कानुनी प्रक्रियामार्फत समाधान खोजिनुपर्ने विश्वव्यापी मान्यता नेपालले पनि अपनाउँदै आएको विज्ञप्तिमा स्मरण गराइएको छ।

Advertisement

समाचार लेखेकै आधारमा सञ्चारकर्मीलाई पक्राउ गरिनु, सञ्चार गृह बन्द गराइनु र परिवारका सदस्यहरूलाई मानसिक यातना दिइनु जस्ता कार्य आधुनिक समयमा पटक्कै नसुहाउने समितिले उल्लेख गरेको छ। संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक र स्वतन्त्र पत्रकारिताको अधिकार लोकतान्त्रिक व्यवस्थाका मुख्य गहना भएकाले यसमा अङ्कुश नलगाउन समितिले जोड दिएको छ।

सञ्चारकर्मी र सञ्चारमाध्यमले कानुनी पालना गर्नुपर्ने विषयमा स्पष्ट रहँदारहँदै पनि सरकारबाट बेलाबेलामा हुने यस्ता क्रियाकलापले चिन्तित तुल्याएको विज्ञप्तिमा जनाइएको छ।

हिरासतमै रहेको अवस्थामा श्रेष्ठलाई उनका परिवार तथा कानुन व्यवसायीहरूसँग समेत भेट्न नदिइएको समाचारप्रति समितिले सुरक्षा निकायको गम्भीर ध्यानाकर्षण गराएको छ। विज्ञप्तिमा भनिएको छ, ‘सञ्चारकर्मी श्रेष्ठलाई तत्काल र निशर्त रिहाइ गरी त्रासदीपूर्ण वातावरणको अन्त्य गर्न माग गर्दछौँ। हिरासतमै रहेको अवस्थामा परिवार तथा कानुन व्यवसायीलाई भेट्न नदिएको विषयमा सरोकार दर्शाउँदै निजलाई संविधानप्रदत्त अधिकार प्रदान गर्न सुरक्षा निकायको ध्यानाकर्षण गराउँछौँ।’

नेपालको संविधानले पूर्ण ग्यारेन्टी गरेको नागरिकको सुसूचित हुन पाउने हक अधिकारलाई कुनै पनि बहानामा कुण्ठित नगर्न समितिले सम्बन्धित सबै पक्षसँग आग्रह गरेको छ।

तपाइको प्रतिक्रिया
बढ्दै साइबर अपराध: एक वर्षमा २० हजार बढी उजुरी 
बढ्दै साइबर अपराध: एक वर्षमा २० हजार बढी उजुरी 
 पुष्पलाल स्मृति ब्याडमिन्टन: नङ्गशल र रिहानाको जोडी अन्तिम आठमा
पुष्पलाल स्मृति ब्याडमिन्टन: नङ्गशल र रिहानाको जोडी अन्तिम आठमा
पत्रकार श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति
किशोर श्रेष्ठको गिरफ्तारीप्रति बार एशोसिएशनको ध्यानाकर्षण, तत्काल रिहाइको माग
मुख्यमन्त्री कार्की र प्रदेश प्रमुख खापुङबीच भेट
युवतीलाई बलात्कार गरेको आरोपमा विराटनगरबाट प्रहरी जवान पक्राउ
धरान उपमहानगरमा विवाद समाधान, बजेट पास गर्दै नगरसभाको बाटो खुल्यो
भदौ ३ गते बस्दै कोशी प्रदेशसभा बैठक
सुकुनाका छात्रामाथि दुर्व्यवहार आरोप : शिक्षक र कर्मचारी धरौटीमा रिहा
कांग्रेससँगको सहकार्य सुमधुर र महत्वपूर्ण : मुख्यमन्त्री कार्की
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.