वैशाखयता विपद्का घटनामा २१५ जनाले गुमाए ज्यान, १५ बेपत्ता

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २९, शुक्रबार १०:४९
फाइल फाेटाे

काठमाडौं । गत वैशाख १ गतेदेखि यता देशका विभिन्न स्थानमा भएका विपद्का घटनामा परेर २१५ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा कुल ४ हजार ६ सय ८ वटा विपद्का घटना दर्ता भएका छन्।

विपद्का कारण १५ जना अझै बेपत्ता छन् भने १ हजार ४ सय २२ जना घाइते भएका छन्। प्राधिकरणका अनुसार यी घटनाहरूबाट ५ हजार ६ सय ३८ परिवार प्रभावित बनेका छन्। प्राधिकरणको तथ्याङ्कअनुसार यस अवधिमा सबैभन्दा धेरै आगलागीका घटना भएका छन्। १ हजार ९० वटा आगलागीका घटनामा परी २० जनाको मृत्यु भएको छ भने १४६ जना घाइते भएका छन्।

Advertisement

यस्तै सर्पदंशका ८९२ घटनामा ६३ जनाले ज्यान गुमाएका छन् भने ८३७ जना घाइते भएका छन्। पहिरोका ८६२ घटनामा २४ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता र ३५ जना घाइते भएका छन्।

यस अवधिमा बाढीका २३७ घटना हुँदा १८ जनाको मृत्यु, ४ जना बेपत्ता र १३ जना घाइते भएका छन्। भारी वर्षाका कारण थप ४ जनाको मृत्यु भएको छ।

यसैगरी हावाहुरीका ४८० घटनामा १३ जनाको मृत्यु र ६८ जना घाइते भएका छन् भने चट्याङका २३६ घटनामा २५ जनाको मृत्यु र १३२ जना घाइते भएका छन्। जंगली जनावरको आक्रमणका २५७ घटनामा १८ जनाको मृत्यु र १३६ जना घाइते भएको प्राधिकरणले जनाएको छ।

तपाइको प्रतिक्रिया
‘मानव अधिकार आयोगका सिफारिस कार्यान्वयन निराशाजनक’
प्रिमियर कप खेल्ने नेपाली टोलीको बिदाइ, तयारीका लागि पहिले भारत
औद्योगिक सहरमा बेरोजगार युवा
धवलशमशेर राणाद्वारा ‘जय नेपाल पार्टी’ दर्ता, चुनाव चिन्ह त्रिभुज
जेनजी आन्दोलनमा पक्राउ परेकाहरूको मुद्दा फिर्ताबारे अध्ययन हुँदै: गृहसचिव श्रेष्ठ
‘देउवाजी अभिभावक बन्नुस्, असन्तुष्ट पक्ष अहंकार छाडेर एकतामा आउनुस्’
प्रहरी प्रमुखमाथि लेखा समितिमा भएको व्यवहारप्रति गृहमन्त्रीको असन्तुष्टि
कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेला सुरु
सुरुङभित्र पहिरो खस्दा सात कामदारको मृत्यु, तीन बेपत्ता
ट्याक्टरमा काठ लोड गर्ने क्रममा किचिएर युवकको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.