पत्रकार श्रेष्ठलाई भदौ १ गते उपस्थित गराउन सर्वोच्चको आदेश

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २९, शुक्रबार ११:४५

काठमाडौं। सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई जनआस्था पत्रिकाको कार्यालयबाट जफत गरिएका सामानसहित आगामी भदौ १ गते अदालतमा उपस्थित गराउन आदेश दिएको छ। श्रेष्ठकी श्रीमती सरस्वती श्रेष्ठले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले यस्तो आदेश दिएको हो।

इजलासले जनआस्थाको कार्यालयबाट प्रहरीले जफत गरेको ल्यापटप, कम्प्युटर र मोबाइलसहित श्रेष्ठलाई उपस्थित गराउन भनेको छ। वैयक्तिक गोपनीयता हननसम्बन्धी कसुरमा प्रहरीले श्रेष्ठलाई बुधबार राति ललितपुरस्थित उनकै निवासबाट पक्राउ गरेर हिरासतमा राखेको छ।

Advertisement

सर्वोच्च अदालतले बरामद सामानसहित बन्दीलाई उपस्थित गराउन आदेश दिएको यो दोस्रो घटना हो। यसअघि २०७० भदौ १ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वरिष्ठ अधिवक्ता शम्भु थापाको ल फर्मबाट बरामद गरेका सामानसहित अदालतमा उपस्थित गराउन सर्वोच्चले आदेश दिएको थियो। उक्त रिटको पक्षमा अधिवक्ताहरू टीकाराम भट्टराई र रमेश बडालले बहस गरेका थिए।

तपाइको प्रतिक्रिया
‘मानव अधिकार आयोगका सिफारिस कार्यान्वयन निराशाजनक’
प्रिमियर कप खेल्ने नेपाली टोलीको बिदाइ, तयारीका लागि पहिले भारत
औद्योगिक सहरमा बेरोजगार युवा
धवलशमशेर राणाद्वारा ‘जय नेपाल पार्टी’ दर्ता, चुनाव चिन्ह त्रिभुज
जेनजी आन्दोलनमा पक्राउ परेकाहरूको मुद्दा फिर्ताबारे अध्ययन हुँदै: गृहसचिव श्रेष्ठ
‘देउवाजी अभिभावक बन्नुस्, असन्तुष्ट पक्ष अहंकार छाडेर एकतामा आउनुस्’
प्रहरी प्रमुखमाथि लेखा समितिमा भएको व्यवहारप्रति गृहमन्त्रीको असन्तुष्टि
कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेला सुरु
सुरुङभित्र पहिरो खस्दा सात कामदारको मृत्यु, तीन बेपत्ता
ट्याक्टरमा काठ लोड गर्ने क्रममा किचिएर युवकको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.