प्रिमियर कप खेल्ने नेपाली टोलीको बिदाइ, तयारीका लागि पहिले भारत

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २९, शुक्रबार १४:३८

काठमाडौं। नेपाल क्रिकेट सङ्घ (क्यान) ले मलेसियामा आयोजना हुने एसीसी पुरुष प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरेको छ। नेपाल क्रिकेट सङ्घले आयोजना गरेको कार्यक्रममा सन्दीप लामिछानेको कप्तानीमा रहेको १४ सदस्यीय टोलीलाई सफलताको शुभकामनासहित बिदाइ गरिएको हो।

प्रतियोगितामा सहभागी हुन मलेसिया जानुअघि नेपाली टोली आजै भारत प्रस्थान गर्नेछ। भारतमा १० दिनसम्म विशेष तयारी र अभ्यास गरेपछि नेपाली टोली त्यतैबाट मलेसियातर्फ जाने तालिका रहेको क्यानले जनाएको छ। क्यानले हालै सन्दीप लामिछानेलाई एकदिवसीय टोलीको कप्तान चयन गर्दै १४ सदस्यीय टोलीको घोषणा गरेको थियो।

Advertisement

नेपाली टोलीमा कप्तान सन्दीप लामिछानेसहित आसिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दीपेन्द्र सिंह ऐरी, बसिर अहमद, ईशान पाण्डे, गुल्शन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी, हेमन्त धामी र सन्दीप जोरा छन्।

तपाइको प्रतिक्रिया
कोशी प्रदेश प्रमुख खापुङसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश
ग्यास लुकाउनेलाई कारबाही र सूचना दिनेलाई पुरस्कारको घोषणा
प्रहरीको अनुसन्धान प्रक्रियालाई प्रमाणमुखी र वैज्ञानिक बनाइँदै
संवैधानिक इजलास गठन प्रक्रियाप्रति बार अध्यक्ष मिश्रको आपत्ति
म्याद गुज्रेका सिलिन्डरमा ग्यास भरेर बेच्ने मोरङको ‘रिजालको भान्सा ग्यास’ लाई पौने ३ लाख जरिबाना
भारत, क्यानाडालगायत देशले भन्सार छलीमा चीनलाई सघाएको आरोप
‘मानव अधिकार आयोगका सिफारिस कार्यान्वयन निराशाजनक’
प्रिमियर कप खेल्ने नेपाली टोलीको बिदाइ, तयारीका लागि पहिले भारत
औद्योगिक सहरमा बेरोजगार युवा
धवलशमशेर राणाद्वारा ‘जय नेपाल पार्टी’ दर्ता, चुनाव चिन्ह त्रिभुज
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.