पत्रकार खेम भण्डारीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २९, शुक्रबार १९:४१

काठमाडौं । कञ्चनपुरका पत्रकार खेम भण्डारीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर भएको छ। अधिवक्ता वीरभद्र जोशीले बिहीबार सर्वोच्च अदालतमा पत्रकार भण्डारीविरुद्ध अवहेलना मुद्दा दायर गरेका हुन्।

गत साउन २३ गते कञ्चनपुरको महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा भण्डारीले ‘न्यायाधीशले सेटिङ गर्छन्’ र ‘न्यायाधीशका घरमा बोरामा पैसा छ, छापा हान्नुपर्छ’ भन्ने अभिव्यक्ति दिएर अदालतको अवहेलना गरेको अधिवक्ता जोशीको दाबी छ। मुद्दाको पेसी सोमबारका लागि तोकिएको छ।

Advertisement

गाली बेइज्जती मुद्दामा ३७ दिन कारागार बसेर छुटेपछि भण्डारीले पत्रकार सम्मेलन गर्दै लागुऔषध मुद्दामा प्रहरी, वकिल, कर्मचारी र न्यायाधीश सबै मालामाल भइरहेको आरोप लगाएका थिए।

यसअघि सर्वोच्च अदालतले न्यायाधीशको सम्पत्ति छानबिन नगर्न दिएको अन्तरिम आदेशमाथि पनि उनले प्रश्न उठाएका थिए। भण्डारीले ‘न्यायाधीशको घरभरि पैसा छ’ भनेर वक्तव्य दिँदै अदालतको मानहानि गरेको रिट निवेदनमा उल्लेख छ।

यसैबीच, पत्रकार सम्मेलनमा भण्डारीले महेन्द्रनगरस्थित होटल ओपेरामाथि आक्षेप लगाएको भन्दै होटल व्यवस्थापनले विज्ञप्ति जारी गरी उक्त भनाइ सच्याउन चेतावनी दिएको छ।

तपाइको प्रतिक्रिया
विराटनगर किंग्सको मुख्य प्रायोजकमा ‘एक्स्ट्रिम इनर्जी ड्रिंक्स’  
विराटनगर किंग्सको मुख्य प्रायोजकमा ‘एक्स्ट्रिम इनर्जी ड्रिंक्स’  
पत्रकार खेम भण्डारीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर
प्रहरी कार्यालय र हिरासतमा सीसीटीभी जडानबारे रिटमा कारण देखाऊ आदेश
कांग्रेस एकढिक्का हुनेमा नेता कोइराला विश्वस्त
जेलमा आर्थिक लेनदेन रोक्न चौकीदार, नाइके र भाइनाइकेको नियुक्ति स्थगित
इँटा उत्पादनमा रोक लगाउने निर्णय खारेज गर्न मन्त्रालयसमक्ष माग
युवालाई स्वदेशमै भविष्य देखाउनुपर्छ: मन्त्री यादव
युवालाई स्वदेशमै भविष्य देखाउनुपर्छ: मन्त्री यादव
हाटखोला-कटहरी सडक खण्ड तत्काल बनाउन परिसंघको ध्यानाकर्षण
नेप्सेमा ७.३७ अंकको गिरावट
कर्मचारीको वैदेशिक भ्रमणमा नियन्त्रण, पूर्वस्वीकृति अनिवार्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.