ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

Share this
749shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भदौ १, सोमबार १५:२८
ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा  २०२६ मा पहिलो भएका छन् । अल्ट्रा ट्रेल्स नेपालको आयोजना भएको ट्रेलमा एक्सटेपबाट खेलेका अर्जुन पुरुष तथा महिलामा मन्जु पहिलो भएका हुन् ।
अर्जुनले ३३ लुप पूरा गरी शीर्ष स्थानमा रहँदै नयाँ कोर्स रेकर्ड पनि कायम गरे । यसअघि ३२ लुपको कोर्स रेकर्ड हेमन्त राणाको नाममा थियो ।

मन्जुले पनि कोर्स रेकर्ड कायम गर्ने क्रममा १४ लुप पूरा गरिन् । यसअघि १२ लुपको कोर्स रेकर्ड रहेको  थियो । शीर्ष स्थानमा रहने दुवैले जनही ३० हजार नगद पुरस्कार हात पारे । दोस्रोदेखि दसौँ स्थानमा रहनेलाई पनि नगद पुरस्कार प्रदान गरिएको थियो ।

सहभागीले १ लुपमा ६.७ किलोमिटर दूरी १ घण्टाको समयमा तय गर्नुपर्ने थियो । त्यसो गर्न नसक्ने खेलाडी सीधै प्रतियोगिताबाट बाहिरिने नियम थियो । प्रतियोगिता निर्देशक दिवाकर बुढाले यस खालको प्रतियोगिताले नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे ।

आयोजकका अनुसार प्रतियोगितामा नेपाल, फ्रान्स, अमेरिका, डेनमार्क, नर्वे, स्विट्जरल्यान्ड लगायत राष्ट्रबाट ६५ प्रतिस्पर्धी सहभागी थिए । दौड चन्द्रागिरी नगरपालिकाको मत्छेगाउँबाट सुरु भइ विभिन्न भागको परिक्रमा गरी पुनः त्यही आएर टुंगिएको थियो ।

ब्याक यार्ड अल्ट्राको विश्व च्याम्पियनसिप सन् २०२६ को अक्टोबर १७ तारिख पोखरामा हुने आयोजकले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.