हाप्किडो टोली कोरिया प्रस्थान

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ४, बिहीबार २०:१२
हाप्किडो टोली कोरिया प्रस्थान

काठमाडौं । ११ औँ विश्व हाप्किडो च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली बिहीबार दक्षिण कोरिया प्रस्थान गरेको छ । अगस्ट २२ तारिखमा हुने प्रतियोगितामा २ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

पुरुष ८०–८४ केजीमा दीपक छन्त्याल तथा महिला ४८–५२ केजीमा मेग्मा गुरुङले प्रतिस्पर्धा गर्ने छन् । थाइल्यान्डमा भएको गत संस्करणमा मेग्माले रजत जितेको नेपाल हाप्किडो संघका अध्यक्ष कालीबहादुर घर्ती मगरले जनाएका छन् । हाप्किडोको विश्व च्याम्पियनसिप २ वर्षको अन्तरालमा हुने गरेको छ ।

Advertisement

खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रामचरित्र मेहता र राखेप कार्यकारी समितिका सदस्य पवन शाहीले बिहीबारै एक कार्यक्रमबीच बिदाइ गरे ।

तपाइको प्रतिक्रिया
स्वास्थ्य बिमाको बजेट १५ अर्ब पुर्‍याइएको छ: अर्थमन्त्री
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ पाण्डे ८० लाख धरौटीमा रिहा
धनकुटाका होटल र लजमा प्रशासनको छड्के अनुगमन, मापदण्ड पालना गर्न निर्देशन
दुर्घटनामा एक जनाको मृत्यु, ६ घाइते
एमालेलाई सघाएका राप्रपा संसदीय दलका नेता उद्धव थापा निष्कासित
वैदेशिक सहायता राष्ट्रिय बजेट प्रणालीमार्फत परिचालन गर्न निर्देशन
नक्कली शैक्षिक प्रमाणपत्र मुद्दामा एसएसपी गिरी दोषी ठहर
शिक्षिकाको कुटाइबाट ६ वर्षका बालकको मृत्यु
बालिका मृत्यु प्रकरणः सिमराका डीएसपीको जिम्मेवारी खोसियो
इरानका साझेदारले आर्थिक क्षति व्यहोर्नुपर्ने ट्रम्पको चेतावनी
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×