‘छानबिनका लागि तयार छु, गलत पुष्टि भए कारबाही भोग्छु’

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ४, बिहीबार २१:५१

काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी तथा स्वकीय सचिव गंगा दाहालले आफूमाथि हुने जुनसुकै कानुनी अनुसन्धानमा पूर्ण सहयोग रहने र गलत काम गरेको पुष्टि भए कारबाही भोग्न तयार रहेको बताएकी छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरु गरेको समाचार सार्वजनिक भएपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले यसलाई राजनीतिक प्रतिशोध र कपोलकल्पित अफवाहको संज्ञा दिएकी हुन्। विगतमा पनि दुबईमा ४० अर्ब रुपैयाँ रहेको र भाटभटेनी जस्ता व्यापारिक घरानामा लगानी रहेको भन्दै दुष्प्रचार गरिएको उल्लेख गर्दै उनले अहिले ५० करोडको नयाँ हावादारी हल्ला चलाउन खोजिएको दाबी गरिन्।

Advertisement

आफूहरूले संविधान र कानुनबमोजिम सम्पत्ति विवरण सरकारसमक्ष बुझाइसकेको स्पष्ट पार्दै उनले आरोप पुष्टि गरेर देखाउन खुला चुनौती दिएकी छन्। बाल्यकालदेखि नै क्रान्तिको कठिन वातावरणमा हुर्किएकाले आर्थिक गलत गतिविधिमा संलग्न नहुने र बिनाकारण लगाइएका आरोपहरू कदापि स्वीकार्य नहुने उनको भनाइ छ। व्यक्तिगत जीवनलाई थाती राखेर बुवालाई सहयोग गर्नु अपराध नभएको भन्दै उनले भ्रामक अफवाहको पछि नलाग्न आग्रह गरेकी छन्।

अख्तियारले दाहालका साथै पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय भानु देउवा र केपी शर्मा ओलीका स्वकीय राजेश बज्राचार्यमाथि पनि अनुसन्धान अघि बढाएको बताइएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×