धनकुटाका होटल र लजमा प्रशासनको छड्के अनुगमन, मापदण्ड पालना गर्न निर्देशन

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ४, बिहीबार २२:४७

धनकुटा। धनकुटा बजारको हुलाक टोलमा सञ्चालित होटल तथा लजमा जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा संयुक्त छड्के अनुगमन गरिएको छ। सेवाग्राहीबाट सेवा र सरसफाइबारे अत्यधिक गुनासो आएपछि प्रशासनको टोलीले अनुगमन गरेको हो।

अनुगमन टोलीले सदरमुकामका होटलको भान्सा, खाद्य सामग्रीको व्यवस्थापन, मूल्यसूची तथा लजका कोठा र शौचालयको सरसफाइको अवस्थाबारे निरीक्षण गरेको थियो। अनुगमनका क्रममा केही होटलमा भान्सा तथा खाद्य सामग्रीको उचित व्यवस्थापन र सरसफाइ नभएको तथा मूल्यसूची नराखिएको पाइएको छ।

Advertisement

त्यस्तै, लजका कोठामा बेडका कपडा व्यवस्थापन तथा सरसफाइ कमजोर रहेको र शौचालय तथा बाथरुममा समेत फोहोर भेटिएको अनुगमन टोलीले जनाएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाकी खाद्य अनुसन्धान अधिकृत अमृता राईले होटल तथा लज आवश्यक मापदण्डअनुसार सञ्चालन नभएको पाइएकाले सञ्चालकहरूलाई तत्काल मापदण्ड पूरा गर्न निर्देशन दिइएको जानकारी दिइन्। अनुगमनका क्रममा अनिवार्य रूपमा मूल्यसूची राख्न र खानयोग्य खाद्य सामग्री मात्र बिक्री-वितरण गर्न सचेत गराइएको छ।

तपाइको प्रतिक्रिया
स्वास्थ्य बिमाको बजेट १५ अर्ब पुर्‍याइएको छ: अर्थमन्त्री
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ पाण्डे ८० लाख धरौटीमा रिहा
धनकुटाका होटल र लजमा प्रशासनको छड्के अनुगमन, मापदण्ड पालना गर्न निर्देशन
दुर्घटनामा एक जनाको मृत्यु, ६ घाइते
एमालेलाई सघाएका राप्रपा संसदीय दलका नेता उद्धव थापा निष्कासित
वैदेशिक सहायता राष्ट्रिय बजेट प्रणालीमार्फत परिचालन गर्न निर्देशन
नक्कली शैक्षिक प्रमाणपत्र मुद्दामा एसएसपी गिरी दोषी ठहर
शिक्षिकाको कुटाइबाट ६ वर्षका बालकको मृत्यु
बालिका मृत्यु प्रकरणः सिमराका डीएसपीको जिम्मेवारी खोसियो
इरानका साझेदारले आर्थिक क्षति व्यहोर्नुपर्ने ट्रम्पको चेतावनी
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×