नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ पाण्डे ८० लाख धरौटीमा रिहा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ४, बिहीबार २२:५०

काठमाडौं। नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे धरौटीमा रिहा भएका छन्। जिल्ला अदालत काठमाडौँका न्यायाधीश कमलकान्त जोशीको इजलासले बिहीबार पाण्डेसँग ८० लाख रुपैयाँ धरौटी माग गरेपछि उनी बैंक ग्यारेन्टी बुझाएर रिहा भएका हुन्।

स्मार्ट सेलको लिलामी प्रक्रियामा अनियमितता गरेको आरोपमा पक्राउ परेका पाण्डेले अब थुनाबाहिरै बसेर मुद्दाको पुर्पक्ष गर्नेछन्।

Advertisement

स्मार्ट टेलिकम प्रालिले अनुमति पत्र नवीकरण नगरेपछि नेपाल दूरसञ्चार प्राधिकरणले २०८० वैशाख ३ गते यसको लाइसेन्स रद्द गरी सम्पूर्ण सम्पत्ति, पूर्वाधार र सञ्जाल नियन्त्रणमा लिएको थियो। नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले स्मार्ट टेलिकमलाई दिएको ऋण असुलीका लागि गठित लोन रिकभरी कमिटीका अध्यक्षसमेत रहेका पाण्डेमाथि सरकारको स्वामित्वमा आइसकेको सम्पत्तिमा बेइमानीपूर्वक हक समाप्त गर्ने उद्देश्यले लिलामी प्रक्रिया अघि बढाएको आरोप छ।

प्रहरी अनुसन्धानका क्रममा बैंकले असोज ३ गते प्रकाशित गरेको लिलामी सूचनामा स्मार्ट सेलले घरधनीहरूलाई तिर्न बाँकी रहेको घरभाडा र विद्युत् महसुलबापतको करिब ४० करोड रुपैयाँसमेत बोलपत्र रकममा समावेश गरेको पाइएको थियो। उक्त रकम असुल गरे पनि सम्बन्धित घरधनीहरूलाई भुक्तानी नगरेको र सरकारी सम्पत्तिमा हानि पुर्‍याउन खोजेको दाबी प्रहरीले गरेको छ।

प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले दायर गरेको मुद्दामा सुनुवाइ गर्दै अदालतले उनलाई धरौटीमा छाड्ने आदेश दिएको हो।

तपाइको प्रतिक्रिया
स्वास्थ्य बिमाको बजेट १५ अर्ब पुर्‍याइएको छ: अर्थमन्त्री
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ पाण्डे ८० लाख धरौटीमा रिहा
धनकुटाका होटल र लजमा प्रशासनको छड्के अनुगमन, मापदण्ड पालना गर्न निर्देशन
दुर्घटनामा एक जनाको मृत्यु, ६ घाइते
एमालेलाई सघाएका राप्रपा संसदीय दलका नेता उद्धव थापा निष्कासित
वैदेशिक सहायता राष्ट्रिय बजेट प्रणालीमार्फत परिचालन गर्न निर्देशन
नक्कली शैक्षिक प्रमाणपत्र मुद्दामा एसएसपी गिरी दोषी ठहर
शिक्षिकाको कुटाइबाट ६ वर्षका बालकको मृत्यु
बालिका मृत्यु प्रकरणः सिमराका डीएसपीको जिम्मेवारी खोसियो
इरानका साझेदारले आर्थिक क्षति व्यहोर्नुपर्ने ट्रम्पको चेतावनी
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×