
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्पष्ट पारेको छ।
शुक्रबार कार्यालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा सञ्चारकर्मीले प्रधानमन्त्रीको मुस्ताङ भ्रमणको प्रकृतिबारे राखेको जिज्ञासामा प्रवक्ता हेमराज अर्यालले भ्रमण निजी रहेको जानकारी दिए।
‘सम्माननीयको यो भ्रमण निजी हो । अन्य बुझ्न परे उहाँको सचिवालयमा बुझ्न सकिनेछ,’ प्रवक्ता अर्यालले भने।
प्रधानमन्त्री शाह शुक्रबार काठमाडौंबाट सडकमार्ग हुँदै पोखरा पुगेका छन्। पोखराबाट उनी मुस्ताङ जाने कार्यक्रम रहेको छ।



















