नेपाल पुलिस क्लब र एग्रो थाई फुड्सबीच प्रायोजन सम्झौता

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ५, शुक्रबार १९:४७
नेपाल पुलिस क्लब र एग्रो थाई फुड्सबीच प्रायोजन सम्झौता

काठमाडौं । नेपाल प्रहरी शारीरिक सुगठन तथा खेलकुद शिक्षालय र एग्रो थाई फुड्सबीच खेल व्यवस्थापन, प्रशिक्षण र व्यावसायिक खेलको विकासका लागि सम्झौता भएको छ । शुक्रबार आयोजित एक विशेष कार्यक्रमका बीच नेपाल प्रहरी शारीरिक सुगठन तथा खेलकुद शिक्षालय र एग्रो थाई फुड्सबीच औपचारिक समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

नेपाल पुलिस क्लबका विभिन्न खेलकुद टोलीहरूको व्यवस्थापन, प्रशिक्षण र व्यावसायिक विकासका लागि नेपाल प्रहरी र एग्रो थाई फुड्सबीच तीन वर्षे प्रायोजन सम्झौता भएको छ । नेपाल प्रहरी खेलकुद समितिका सदस्यसचिव एवं राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) राजन अधिकारी र एग्रो थाई फुड्सको व्यापार विभाग प्रमुख सोनिया राणाले समझदारी पत्रमा हस्ताक्षर गरे ।

Advertisement

सम्झौता अनुसार एग्रो थाई फुड्सले आगामी तीन वर्षसम्मका लागि नेपाल पुलिस क्लबका विभिन्न ५ वटा टोलीहरूलाई प्रायोजन गर्ने छ । यसमा भलिबलतर्फ महिला र पुरुष, फुटबलतर्फ महिला र पुरुष तथा पुरुष क्रिकेट टोली समावेश छन् ।

यस सहकार्यले पुलिस क्लबका खेलाडीहरूको तयारी, विशेष प्रशिक्षण, ब्रान्डिङ र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरूमा सहभागितालाई अझ मजबुत बनाउने लक्ष्य राखेको छ । सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै दुवै पक्षले सम्झौताका सर्तहरू पूर्ण रूपमा पालना गर्दै खेल क्षेत्रको विकासमा योगदान दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

एआईजी अधिकारीले यस प्रकारको निजी क्षेत्रसँगको सहकार्यले विभागीय टोलीको व्यावसायिकता र खेलाडीहरूको मनोबल उच्च बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए । त्यस्तै, एग्रो थाई फुड्सकी सोनिया राणाले नेपाली खेलकुदको क्षेत्रमा नेपाल पुलिस क्लब जस्तो प्रतिष्ठित संस्थासँग जोडिन पाउनु गौरवको विषय भएको उल्लेख गरिन् ।

यो तीन वर्षे प्रायोजनले नेपाल पुलिस क्लबको खेल कौशललाई नयाँ उचाइमा पुर्‍याउन र खेलाडीहरूको समग्र विकासमा कोसेढुंगा साबित हुने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया
अवैध काठसहित दुई जना पक्राउ 
सुन सफा गर्ने बहानामा ठगी गरेको आरोपमा चार भारतीय पक्राउ
बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु
सरकारी सेवा सुधार्न ३० दिने ‘क्विक फिक्स’ योजना, अनावश्यक झन्झट हटाउने सरकारको तयारी
देशभर ९८ प्रतिशत धान रोपाइँ, गत वर्षभन्दा १.९२ प्रतिशत बढी
 कोशी प्रदेशसभामा दलित अधिकारसम्बन्धी विधेयक दर्ता 
जापानिज इन्सेफ्लाइटिसको उच्च जोखिम: ५० प्रतिशत सङ्क्रमितको मृत्यु
जापानीज इन्सेफ्लाइटिसबाट २१ जनाको मृत्यु, सबैभन्दा बढी कोशीमा
१५ औँ महाधिवेशन रोक्न सर्वोच्चमा रिट नदिएको खड्काको स्पष्टोक्ति
कुवेतमा बन्धक बनाइएकी नेपाली महिलाको उद्धार
संसदमा निदाएको भिडियो भाइरल भएपछि मन्त्री पुनको स्पष्टीकरण
नेपाल पुलिस क्लब र एग्रो थाई फुड्सबीच प्रायोजन सम्झौता
नेपाल पुलिस क्लब र एग्रो थाई फुड्सबीच प्रायोजन सम्झौता
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×