जनकपुरधामका अतिक्रमित पोखरीको डिल खाली गराउन डोजर चलाइयो

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ६, शनिबार १०:०६

जनकपुरधाम । जनकपुरधामका ऐतिहासिक महत्व बोकेका पोखरी अतिक्रमण गरी बनाइएका घरटहरा हटाउन गुठी संस्थानले अभियान सुरु गरेको छ। गुठी संस्थान जनकपुरधामले स्थानीय गिरनारी कुटीको छेउमा रहेको गुठी जग्गामा डोजर चलाएर अतिक्रमण हटाएको हो। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगरपालिकाको सहयोगमा अतिक्रमण हटाउने अभियान सुरु गरिएको गुठी संस्थानले जनाएको छ।

गुठी जग्गाको संरक्षण तथा अतिक्रमण हटाउने कार्यान्वयन समितिका सदस्य–सचिव जनक पोखरेलका अनुसार पहिलो चरणमा सातवटा अतिक्रमित पोखरीको डिल खाली गराउन डोजर चलाउन थालिएको छ। जनकपुरधामका अन्य पोखरीसमेत अतिक्रमणमा परेको जानकारी दिँदै पोखरेलले ती पोखरीको सीमांकनको काम भइरहेको बताए। सीमांकन सकिएपछि अन्य पोखरीमा भएको अतिक्रमणसमेत हटाइने उनले जानकारी दिए।

Advertisement

उनका अनुसार गत साउन १ गते नै अतिक्रमित स्थान खाली गर्न सूचना जारी गरिएको थियो। यसअघि पनि गुठी संस्थानले अतिक्रमित पोखरी खाली गर्न सूचना जारी गर्नुका साथै अतिक्रमित क्षेत्र पहिचान गर्न रातो घेरा लगाएको थियो। तर, सूचना र माइकिङलाई बेवास्ता गरेपछि डोजर लगाएर अतिक्रमण हटाउन थालिएको हो।

अतिक्रमण हटाउन २०६२ सालमा भोजराज घिमिरेको नेतृत्वमा गठित कार्यदलले तयार पारेको जनकपुरको गुठी अतिक्रमित जग्गासम्बन्धी प्रतिवेदनलाई आधार बनाइएको छ। गुठी संस्थान जनकपुरधामका किशोरकुमार झाले पहिलो चरणमा सातवटा पोखरी अतिक्रमणमुक्त गराउन काम भइरहेको बताए। उनका अनुसार जनकपुरधाममा अतिक्रमणमा परेका करिब ५० वटा पोखरीमध्ये पहिलो चरणमा सातवटाको डिल खाली गराइनेछ।

विसहरा पोखरी, रत्नसागरलगायत सातवटा पोखरीमा अतिक्रमण हटाउन यसअघि नै सूचना प्रकाशित गरिएको थियो। बाँकी पोखरीको सीमांकनको काम पूरा भएपछि ती क्षेत्रमा समेत अतिक्रमण हटाउने प्रक्रिया अघि बढाइने गुठी संस्थानले जनाएको छ।

तपाइको प्रतिक्रिया
‘नेपालको अर्थतन्त्रमा सुधारका संकेत’
सोमबार विश्वासको मत लिँदै कोशीका मुख्यमन्त्री कार्की
पारिश्रमिक बढेपछि विद्यालय कर्मचारीको आन्दोलन स्थगित
अदालत होइन, पार्टी कार्यालयमा बसेर संवाद गर्न विश्वप्रकाशको आग्रह
नेपाल ‘ए’ पहिलो जितको खोजीमा बङ्गलादेशसँग भिड्दै
मुस्ताङ भ्रमणमा प्रधानमन्त्री शाह, मालढुङ्गाबाट अघि बढ्यो टोली
बीपीको सशस्त्र संघर्षका संस्मरण समेटिएको ‘बीपी र विद्रोहका ती दिन’ इलाममा विमोचन
कोशीमा विद्युत् आपूर्ति भरपर्दो बनाउँदै खपत बढाउन ऊर्जामन्त्रीको निर्देशन
गरिमा चौधरीलाई न्याय माग्दै शान्तिवाटिकामा प्रदर्शन
निलो सिन्दुर : रंगमञ्चीय यात्राको अर्को अध्याय
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×