मुस्ताङ भ्रमणमा प्रधानमन्त्री शाह, मालढुङ्गाबाट अघि बढ्यो टोली

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ६, शनिबार १२:३८

बागलुङ । मुस्ताङ यात्रामा रहेका प्रधानमन्त्री बालेन शाहसहितको टोली बागलुङ र पर्वतको सिमाना मालढुङ्गाबाट अघि बढेको छ।

प्रधानमन्त्री शाहको मुस्ताङ भ्रमणलाई लक्षित गर्दै मालढुङ्गासहित विभिन्न स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको थियो। प्रधानमन्त्रीको आगमन हुने भएपछि सडकका ठाउँठाउँमा सुरक्षाकर्मी परिचालन गरिएको थियो।

Advertisement

प्रधानमन्त्री शाहको टोली शुक्रबारदेखि मुस्ताङ यात्रामा निस्किएको हो। भ्रमणका क्रममा उनले मुस्ताङका विभिन्न क्षेत्रको अवलोकन गर्नुका साथै स्थानीय अवस्था र विकासका सम्भावनाबारे जानकारी लिने कार्यक्रम रहेको बताइएको छ।

टोली मालढुङ्गाबाट मुस्ताङतर्फ अघि बढेसँगै बागलुङ–पर्वत हुँदै मुस्ताङ जाने सडकमा सुरक्षा निगरानीसमेत बढाइएको छ। प्रधानमन्त्रीको भ्रमणका क्रममा स्थानीय तहका जनप्रतिनिधि तथा स्थानीयसँग भेटघाट र समसामयिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

तपाइको प्रतिक्रिया
विश्वकप फाइनलको झगडामा अर्जेन्टिनाका तीन खेलाडीलाई फिफाको प्रतिबन्ध
‘नेपालको अर्थतन्त्रमा सुधारका संकेत’
सोमबार विश्वासको मत लिँदै कोशीका मुख्यमन्त्री कार्की
पारिश्रमिक बढेपछि विद्यालय कर्मचारीको आन्दोलन स्थगित
अदालत होइन, पार्टी कार्यालयमा बसेर संवाद गर्न विश्वप्रकाशको आग्रह
नेपाल ‘ए’ पहिलो जितको खोजीमा बङ्गलादेशसँग भिड्दै
मुस्ताङ भ्रमणमा प्रधानमन्त्री शाह, मालढुङ्गाबाट अघि बढ्यो टोली
बीपीको सशस्त्र संघर्षका संस्मरण समेटिएको ‘बीपी र विद्रोहका ती दिन’ इलाममा विमोचन
कोशीमा विद्युत् आपूर्ति भरपर्दो बनाउँदै खपत बढाउन ऊर्जामन्त्रीको निर्देशन
गरिमा चौधरीलाई न्याय माग्दै शान्तिवाटिकामा प्रदर्शन
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×