बालिका हत्या : न्याय माग्दै प्रदर्शन जारी, राजमार्ग बन्द

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ६, शनिबार १५:०८

बारा । तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या विरोधमा स्थानीयवासीले बाराको पथलैया चोकमा प्रदर्शन जारी राखेका छन्। स्थानीयले गत बुधबारदेखि नै प्रदर्शन गर्दै आएका हुन्। प्रदर्शनका कारण पूर्व–पश्चिम महेन्द्र राजमार्ग अवरुद्ध भएको छ। प्रहरीले सडक खुलाउने प्रयास गरिरहेको छ भने सो क्रममा स्थानीयवासी र प्रहरीबीच वादविवादसमेत भएको छ।

इलाका प्रहरी कार्यालय सिमराका डीएसपी दयाकृष्ण भट्टले पथलैयामा सडक अवरुद्ध नगरी सिमरामा केन्द्रित भएर आन्दोलन गर्न स्थानीयवासीलाई आग्रह गरेका छन्। गरिमाको न्यायको माग गर्दै स्थानीयवासीले वीरगञ्ज–पथलैया सडकअन्तर्गत सिमरामा सडकमा टेन्ट टाँगेर समेत प्रदर्शन गरिरहेका छन्। बालिकाको परिवारलाई समर्थन जनाउन जीतपुरसिमरा उपमहानगरपालिकासहित बाराका विभिन्न क्षेत्रबाट स्थानीय सडकमा भेला भएका छन्।

Advertisement

यसअघि बिहीबार राति स्थानीय प्रशासनले केही राजनीतिक दलका प्रतिनिधि तथा जीतपुरसिमरा उपमहानगरपालिकाका जनप्रतिनिधिको रोहबरमा पाँचबुँदे सहमति गरेको थियो। तर मृतक बालिकाको परिवारले उक्त सहमति आफूहरूको सहमतिबिना गरिएको भन्दै अमान्य रहेको जनाएको छ।

सुरुमा इलाका प्रहरी कार्यालय सिमराका प्रहरी प्रमुखको लापरबाहीका कारण घटना भएको भन्दै स्थानीयले उनको सरुवाको माग गरेका थिए। प्रहरी प्रमुख डीएसपी दिलीप क्षेत्रीको सरुवा भएपछि प्रशासन र स्थानीयबीच पाँचबुँदे सहमति भएको थियो। तर मध्यरातमा भएको उक्त सहमतिमा आफूहरूको सहमति नरहेको भन्दै बालिकाको परिवारले आन्दोलन जारी राखेको हो। मृतक बालिकाको शव हाल कलैया अस्पतालमै रहेको छ। परिवारले न्यायको माग गर्दै आन्दोलनलाई निरन्तरता दिएको छ।

तपाइको प्रतिक्रिया
अवैध काठसहित दुई जना पक्राउ 
झापाबाट लागुऔषधसहित तीन जना पक्राउ
कोशीमा डिजिटल प्रणाली सुरु : कर्मचारी सरुवामा अब कागज र पहुँचको झन्झट घटाउने तयारी
बिपी स्मृति ‘ग्रीन रन महिला रि-रन’ प्रतियोगितामा पूर्णलक्ष्मी न्यौपाने विजयी
जाँते स्वास्थ्य चौकी बन्द गरिएको दाबीमा लेटाङ नगरपालिकाको आपत्ति
कृषि उत्पादन वृद्धि गर्न नार्कद्वारा विभिन्न बालीका उन्नत जात विकास
अमेरिका-क्यानडा व्यापार सम्झौताको प्रयास असफल, ५० प्रतिशत भन्सारले तनाव चर्कियो
बालिका हत्या : न्याय माग्दै प्रदर्शन जारी, राजमार्ग बन्द
विश्वकप फाइनलको झगडामा अर्जेन्टिनाका तीन खेलाडीलाई फिफाको प्रतिबन्ध
‘नेपालको अर्थतन्त्रमा सुधारका संकेत’
सोमबार विश्वासको मत लिँदै कोशीका मुख्यमन्त्री कार्की
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×