जाँते स्वास्थ्य चौकी बन्द गरिएको दाबीमा लेटाङ नगरपालिकाको आपत्ति

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ६, शनिबार १६:१४

विराटनगर । मोरङ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य यज्ञमणि न्यौपानेले लेटाङ-८, जाँतेस्थित स्वास्थ्य चौकीको सेवा बन्द गरिएको भन्दै प्रतिनिधिसभामा दिएको अभिव्यक्तिप्रति लेटाङ नगरपालिकाले गम्भीर आपत्ति जनाएको छ।

नगर प्रमुख भूपेन्द्रकुमार लावतीद्वारा जारी विज्ञप्तिमा सांसद न्यौपानेको दाबी तथ्यहीन, भ्रामक र गैरजिम्मेवार भएको भन्दै नगरपालिकाले त्यसको खण्डन गरेको छ।

Advertisement

नगरपालिकाका अनुसार जाँते स्वास्थ्य चौकीमा पछिल्लो समय प्रयोगशाला (ल्याब) सेवा लिने सेवाग्राहीको सङ्ख्या घटेपछि ल्याब सेवा प्रवाहको अवस्थाबारे अध्ययन गर्न कार्यपालिका बैठकले अध्ययन समिति गठन गरेको हो। तर उक्त विषयलाई स्वास्थ्य चौकी नै बन्द गरिएको भन्दै भ्रम फैलाउने काम भएको नगरपालिकाको भनाइ छ।

नगरपालिकाले उच्च तहमा रहेका जनप्रतिनिधिले सामाजिक सञ्जालमा आएका विषयलाई मात्र आधार बनाएर धारणा सार्वजनिक गर्नुभन्दा सम्बन्धित निकायसँग सत्यतथ्य बुझेर मात्र अभिव्यक्ति दिनुपर्ने जनाएको छ। देश तथा विदेशमा भ्रम सिर्जना हुने गरी गलत सूचना प्रवाह नगर्न आग्रह गर्दै नगरपालिकाले सांसद न्यौपानेलाई ‘फेसबुके माननीय नबन्न’ आग्रह गरेको छ।

यसैगरी, वडा नम्बर ८ का वडाध्यक्ष तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष र स्वास्थ्य चौकी प्रमुखले ल्याब सेवा बन्द भएको विषयमा प्रकाशित गरेको सूचनासमेत गैरजिम्मेवार र तथ्यहीन रहेको नगरपालिकाले जनाएको छ। नागरिकलाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन नगरपालिका सदैव प्रतिबद्ध रहेको उल्लेख गर्दै नगरपालिकाले नगरवासी, सञ्चारकर्मी तथा सरोकारवालालाई भ्रामक प्रचारको पछि नलाग्न आग्रह गरेको छ।

तपाइको प्रतिक्रिया
सरकार र ‘नागरिक बचाउ महाअभियान’ बीच १४ बुँदे सहमति, आन्दोलनका कार्यक्रम अन्त्य
ब्राइट भिजन ल कलेजमा ‘मुटकोर्ट’ सम्पन्न: विद्यार्थीले गरे नमुना अदालतमा बहस
ब्राइट भिजन ल कलेजमा ‘मुटकोर्ट’ सम्पन्न: विद्यार्थीले गरे नमुना अदालतमा बहस
अवैध काठसहित दुई जना पक्राउ 
झापाबाट लागुऔषधसहित तीन जना पक्राउ
कोशीमा डिजिटल प्रणाली सुरु : कर्मचारी सरुवामा अब कागज र पहुँचको झन्झट घटाउने तयारी
बिपी स्मृति ‘ग्रीन रन महिला रि-रन’ प्रतियोगितामा पूर्णलक्ष्मी न्यौपाने विजयी
जाँते स्वास्थ्य चौकी बन्द गरिएको दाबीमा लेटाङ नगरपालिकाको आपत्ति
कृषि उत्पादन वृद्धि गर्न नार्कद्वारा विभिन्न बालीका उन्नत जात विकास
अमेरिका-क्यानडा व्यापार सम्झौताको प्रयास असफल, ५० प्रतिशत भन्सारले तनाव चर्कियो
बालिका हत्या : न्याय माग्दै प्रदर्शन जारी, राजमार्ग बन्द
विश्वकप फाइनलको झगडामा अर्जेन्टिनाका तीन खेलाडीलाई फिफाको प्रतिबन्ध
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×