विपन्न परिवारलाई हलेसी तुवाचुङ नगरपालिकाले बनाइदियो घर

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ७, आइतबार ०८:१७

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले आर्थिक विपन्नताका कारण घर बनाउन नसकेका तीन परिवारलाई नयाँ घर निर्माण गरी हस्तान्तरण गरेको छ। सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत नगरपालिकाले प्रतिपरिवार पाँच लाख रुपैयाँको लागतमा दुई कोठे, एकतले भूकम्प प्रतिरोधी घर निर्माण गरेको हो। नगरपालिकाको १३६औँ कार्यपालिका बैठकको निर्णयअनुसार घर निर्माण गरिएको हो।

नयाँ घर पाउनेमा वडा नं. २ डिकुवाका देशवीर राई, वडा नं. ६ मङ्गलटारका भया दमाई र वडा नं. १० अर्खौलेका टेकबहादुर सार्कीका परिवार छन्।

Advertisement

वृद्ध दम्पती देशवीर यसअघि जीर्ण कटेरोमा बस्दै आएका थिए भने अपाङ्गता भएका दाजुबहिनी चामे र भया दमाईको अवस्था पनि दयनीय थियो। त्यस्तै, १२ वर्षपछि गाउँ फर्किएका टेकबहादुर सार्कीको परिवार लामो समय अर्काको घरमा आश्रय लिएर बसेको थियो।

नगर प्रमुख विमला राईका अनुसार नगरपालिकाको उद्देश्य सबै नागरिकलाई सुरक्षित आवासको प्रत्याभूति गराउनु हो। आफ्नै नाममा जग्गा भएका तर काठमाडौँ तथा तराईका विभिन्न जिल्लामा अस्थायी टहरामा बस्दै आएका र गाउँ फर्किन चाहने नगरवासीलाई पनि प्रतिपरिवार पाँच लाख रुपैयाँ बराबरको घर निर्माण गरिदिने योजना नगरपालिकाको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×