सप्तकोशी कटान नियन्त्रणमा तत्काल पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ७, आइतबार ०८:५०

सुनसरी । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको कटानबाट हुने क्षति रोक्न तत्काल आवश्यक काम अघि बढाउने प्रतिबद्धता जनाएका छन्।

वराहक्षेत्र मन्दिरको स्थलगत अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री श्रेष्ठले कोशी कटान नियन्त्रणलाई प्राथमिकतामा राखेर काम गर्ने बताए। दीर्घकालीन समाधानका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार काम अघि बढाइने उनको भनाइ छ।

Advertisement

कोशी नदीको निरन्तर कटान र बाढीको जोखिमले वराहक्षेत्रका धार्मिक तथा ऐतिहासिक संरचना जोखिममा परेको भन्दै गुठी व्यवस्थापन समितिले मन्त्री श्रेष्ठलाई ज्ञापनपत्र बुझाएको थियो। ज्ञापनपत्रमा चतरा–वराहक्षेत्र सडक स्तरोन्नति गर्न तथा धार्मिक क्षेत्रको संरक्षणलाई प्राथमिकता दिन माग गरिएको छ।

यसअघि मन्त्री श्रेष्ठले सुनसरी खोला, भोक्राहा नरसिंहस्थित सबस्टेसन, चतरा जलविद्युत् केन्द्र तथा सुनसरी–मोरङ सिँचाइ आयोजनाको न्यू इन्टेकको समेत स्थलगत अनुगमन गरेका थिए।

तपाइको प्रतिक्रिया
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाए विश्वासको मत, पक्षमा ५७ मत
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाए विश्वासको मत, पक्षमा ५७ मत
कोशी प्रदेश सरकारलाई हामी सहयोग गर्छौंः थापा
मुख्यमन्त्री कार्कीले मागे विश्वासको मत
बालिका हत्या प्रकरण : आरोपीको बयान हुँदा भिडिओ खिचेको आरोपमा प्रहरी हवल्दार पक्राउ
विराटनगरमा आयोजित शिविरमा एक सय जनाको दन्त परीक्षण
कांग्रेसले विश्वासको मतको विपक्षमा मतदान गर्ने
बालिका हत्या प्रकरण : आरोपीको बयान भिडियोमा, प्रहरी अनुसन्धानमाथि प्रश्न
स्कुल बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु 
स्कुल बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु 
‘एउटा शालिक ठड्याएर तीन वर्षीया बालिकाको जीवन फिर्ता आउँछ ?’
देउवा र खड्काद्वारा सर्वोच्चमा बेग्लाबेग्लै रिट
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×