रास्वपाको ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रममा गृहमन्त्री सहभागी हुने

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ७, आइतबार १०:२१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सञ्चालन गर्दै आएको ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रममा गृहमन्त्री सुधन गुरुङ सहभागी हुने भएका छन्।

रास्वपाका अनुसार सोमबार साँझ केन्द्रीय कार्यालयमा हुने कार्यक्रममा गृहमन्त्री गुरुङले नागरिकसँग प्रत्यक्ष संवाद गर्नेछन्। कार्यक्रममा नागरिकले आफ्ना समस्या, गुनासा, सुझाव तथा अपेक्षा गृहमन्त्रीसमक्ष राख्न सक्नेछन्।

Advertisement

कार्यक्रमको दोस्रो चरणमा मन्त्री, सांसद तथा पार्टीको केन्द्रीय नेतृत्वबीच नागरिकबाट प्राप्त सुझाव र समसामयिक तथा नीतिगत विषयमा छलफल हुनेछ। नागरिकका आवाज र सुझावलाई सरकार तथा पार्टीको नीति निर्माण र कार्यान्वयनसँग जोड्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको रास्वपाले जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×