काठमाडौंका होस्टेललाई एक महिनाको अल्टिमेटम

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ७, आइतबार १२:२५

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकामा निजीस्तरमा सञ्चालित छात्रावास (होस्टेल) लाई मापदण्ड सुधार गरी नियम पूर्ण रूपमा पालना गर्न एक महिनाको अल्टिमेटम दिएको छ ।

विद्यार्थीमाथि अमानवीय व्यवहार, चर्को शुल्क असुली, कमजोर पूर्वाधार, सरसफाइ तथा खानाको गुणस्तरमा लापरबाही र होस्टेलभित्र लागुऔषध प्रयोग बढेको लगायतका गुनासा आएपछि प्रशासनले २१ बुँदे निर्देशन जारी गर्दै अल्टिमेटम दिएको हो । प्रशासनका अनुसार नियमित तथा आकस्मिक अनुगमनका क्रममा मापदण्ड उल्लंघन गर्ने केही होस्टेललाई ३ लाख रुपैयाँसम्मको जरिवाना गर्नुका साथै शिलबन्दीसमेत गरिएको छ ।

Advertisement

होस्टेलभित्रै भएको झडपमा विद्यार्थीको मृत्यु भएको घटना, कमजोर सुरक्षा व्यवस्था तथा सरसफाइको अभावलाई समेत गम्भीर रूपमा लिँदै प्रशासनले तोकिएको अवधिमा मापदण्ड पूरा नगर्ने होस्टेलमाथि कानुनअनुसार थप कारबाही गरिने प्रशासनले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×