प्रतिनिधिसभाको बैठक: पाँच विधेयक समितिमा पठाउने कार्यसूची

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ८, सोमबार ०८:४०

काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक अपराह्न १ बजे सुरु हुने सङ्घीय संसद् सचिवालयले जनाएको छ। आजको सम्भावित कार्यसूचीअनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम छ।

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

Advertisement

त्यस्तै, परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्।

यसैगरी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। यसैबीच, आजै विभिन्न पाँचवटा संसदीय समितिको बैठक पनि बस्दैछ। अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति, कृषि तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति, विधायन व्यवस्थापन समिति तथा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्ने कार्यक्रम रहेको छ।

तपाइको प्रतिक्रिया
आठ वर्षमा आठै पटक म्याद थप, तैपनि अधुरै छ ‘भेडेटार–रवि–राँके’ सडक
आठ वर्षमा आठै पटक म्याद थप, तैपनि अधुरै छ ‘भेडेटार–रवि–राँके’ सडक
‘हिन्दूविरोधी’ देखाउन पुराना अभिव्यक्ति प्रचार गरिएको बाबुराम भट्टराई सचिवालयको आरोप
अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो, एसियाली सेयर बजारमा पनि दबाब
बुढीगंगामा करेन्ट लागेर एक महिलाको मृत्यु
बुढीगंगामा करेन्ट लागेर एक महिलाको मृत्यु
गण्डकी प्रदेशको भ्रमण सकेर काठमाडौं फर्किँदै, प्रधानमन्त्री शाह
बागमतीका मुख्यमन्त्री थापामगरले विश्वासको मत लिँदै
प्रतिनिधिसभाको बैठक: पाँच विधेयक समितिमा पठाउने कार्यसूची
मुख्यमन्त्री कार्की आज तेस्रो पटक विश्वासको मत लिँदै
सेवाको अर्धशतकः रोटरी क्लब अफ विराटनगरको गौरवमय स्वर्ण जयन्ती
सेवाको अर्धशतकः रोटरी क्लब अफ विराटनगरको गौरवमय स्वर्ण जयन्ती
स्वर्गद्वारी आर्यघाटमा छानो निर्माणका लागि सहयोग
स्वर्गद्वारी आर्यघाटमा छानो निर्माणका लागि बस्नेतको सवा लाख सहयोग
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×