गण्डकी प्रदेशको भ्रमण सकेर काठमाडौं फर्किँदै, प्रधानमन्त्री शाह

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ८, सोमबार ०८:५४

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) आफ्नो तीन दिने गण्डकी प्रदेशको भ्रमण पूरा गरी सोमबार (आज) काठमाडौं फर्किँदै छन् । गत शुक्रबार परिवारसहित निजी भ्रमणमा निस्किएका शाह सडकमार्ग हुँदै मुस्ताङसम्म पुगेर फर्किएका हुन् ।

भ्रमण तालिकाअनुसार शुक्रबार काठमाडौंदेखि सडकमार्ग हुँदै पोखरा पुगेका शाह सोही दिन कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ अस्तामस्थित अन्नपूर्ण इकोभिलेज रिसोर्टमा बास बसेका थिए । शनिबार उनी मुस्ताङ पुगेका थिए भने आइतबार मुस्ताङबाट फर्किएर पुनः पोखराकै एक रिसोर्टमा बसेका थिए ।

Advertisement

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार यो भ्रमण नितान्त पारिवारिक र निजी भएकाले यसको औपचारिक कार्यक्रमहरू केही थिएनन् । ‘उहाँको भ्रमण विशुद्ध व्यक्तिगत थियो, त्यसैले हामीलाई पनि धेरै जानकारी दिइएको थिएन,’ बरालले भने ।

सडक मार्गबाटै यात्रा गर्न रुचाउने शाहले यस पटकको भ्रमणमा हिमाली जिल्ला मुस्ताङको प्राकृतिक सुन्दरताको अवलोकन गरेका थिए । उनी आज सडकमार्गबाटै काठमाडौं फर्कने तयारीमा छन् ।

तपाइको प्रतिक्रिया
अस्पतालको एनआईसीयूमा आगलागी, तीन नवजात शिशुको मृत्यु
अधुरै छ ‘भेडेटार–रवि–राँके’ सडक
‘हिन्दूविरोधी’ देखाउन पुराना अभिव्यक्ति प्रचार गरिएको बाबुराम भट्टराई सचिवालयको आरोप
अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो, एसियाली सेयर बजारमा पनि दबाब
बुढीगंगामा करेन्ट लागेर एक महिलाको मृत्यु
बुढीगंगामा करेन्ट लागेर एक महिलाको मृत्यु
गण्डकी प्रदेशको भ्रमण सकेर काठमाडौं फर्किँदै, प्रधानमन्त्री शाह
बागमतीका मुख्यमन्त्री थापामगरले विश्वासको मत लिँदै
प्रतिनिधिसभाको बैठक: पाँच विधेयक समितिमा पठाउने कार्यसूची
मुख्यमन्त्री कार्की आज तेस्रो पटक विश्वासको मत लिँदै
सेवाको अर्धशतकः रोटरी क्लब अफ विराटनगरको गौरवमय स्वर्ण जयन्ती
सेवाको अर्धशतकः रोटरी क्लब अफ विराटनगरको गौरवमय स्वर्ण जयन्ती
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×