‘हिन्दूविरोधी’ देखाउन पुराना अभिव्यक्ति प्रचार गरिएको बाबुराम भट्टराई सचिवालयको आरोप

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ८, सोमबार १०:३४

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई ‘हिन्दूविरोधी’का रूपमा चित्रित गर्न पुराना अभिव्यक्तिलाई तोडमरोड गरी सामाजिक सञ्जालमा प्रचार गरिएको भन्दै उनको सचिवालयले आपत्ति जनाएको छ।

सोमबार बिहान विज्ञप्ति जारी गर्दै सचिवालयले केही स्वार्थप्रेरित व्यक्ति तथा समूहले राजनीतिक स्वार्थ पूरा गर्न धार्मिक आस्थालाई प्रयोग गर्दै भट्टराईविरुद्ध भ्रामक सामग्री प्रचार गरिरहेको आरोप लगाएको हो।

Advertisement

सचिवालयले धर्मनिरपेक्ष हुनु कुनै धर्मको विरोध गर्नु नभएको स्पष्ट पारेको छ। धर्मनिरपेक्षताको मूल मर्म राज्यले सबै धर्म र आस्थाप्रति समान व्यवहार गर्नु तथा नागरिकलाई धर्म मान्ने, आस्था राख्ने वा नराख्ने स्वतन्त्रता सुनिश्चित गर्नु रहेको विज्ञप्तिमा उल्लेख छ।

विज्ञानमा विश्वास गर्नु, वैज्ञानिक दृष्टिकोण अपनाउनु वा नास्तिक हुनु व्यक्तिको वैचारिक स्वतन्त्रताको विषय भएको भन्दै सचिवालयले त्यसलाई कुनै धर्म वा धार्मिक समुदायविरुद्धको गतिविधिका रूपमा प्रस्तुत गर्नु अनुचित हुने जनाएको छ।

हिन्दू धर्मभित्र रहेको जातव्यवस्था, जातीय विभेद र सामाजिक असमानताबारे प्रश्न उठाउनु तथा सुधारका पक्षमा बहस गर्नु लोकतान्त्रिक समाजको स्वाभाविक प्रक्रिया भएको पनि सचिवालयले जनाएको छ। सचिवालयले राजनीतिक असहमति वा वैचारिक बहसलाई धार्मिक भावनासँग जोडेर भ्रम फैलाउने प्रयास नगर्नसमेत आग्रह गरेको छ।

तपाइको प्रतिक्रिया
मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिन एमालेले जारी गर्‍यो ह्विप
लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग
सुनको मूल्यमा भारी वृद्धि 
सुनको मूल्य तोलामा ३ हजार २ सय रुपैयाँले बढ्यो
अस्पतालको एनआईसीयूमा आगलागी, तीन नवजात शिशुको मृत्यु
अधुरै छ ‘भेडेटार–रवि–राँके’ सडक
‘हिन्दूविरोधी’ देखाउन पुराना अभिव्यक्ति प्रचार गरिएको बाबुराम भट्टराई सचिवालयको आरोप
अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो, एसियाली सेयर बजारमा पनि दबाब
बुढीगंगामा करेन्ट लागेर एक महिलाको मृत्यु
बुढीगंगामा करेन्ट लागेर एक महिलाको मृत्यु
गण्डकी प्रदेशको भ्रमण सकेर काठमाडौं फर्किँदै, प्रधानमन्त्री शाह
बागमतीका मुख्यमन्त्री थापामगरले विश्वासको मत लिँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×