बालिका हत्या प्रकरण : आरोपीको बयान भिडियोमा, प्रहरी अनुसन्धानमाथि प्रश्न

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ८, सोमबार १४:२४

काठमाडौं । बाराको सिमरामा तीन वर्षीया चौधरी थरकी बालिकाको बलात्कारपछि हत्या भएको घटनाका आरोपी किशोरको बयान सार्वजनिक भएपछि प्रहरी अनुसन्धानमाथि गम्भीर प्रश्न उठेको छ।

घटनामा संलग्न आरोपमा पक्राउ परेका १६ वर्षीय किशोरले घटनाबारे सिलसिलेवार रूपमा बयान दिइरहेको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ। सार्वजनिक भिडियोमा हतकडी लगाइएका किशोरले घटनाबारे बताइरहेको देखिन्छ भने उनको छेउमा दुई जना प्रहरी कर्मचारीसमेत देखिएका छन्। त्यस्तै, भिडियो खिचिरहेका अन्य दुई व्यक्ति पनि दृश्यमा देखिन्छन्।

Advertisement

जघन्य प्रकृतिको अपराधको अनुसन्धान संवेदनशील र गोप्य ढंगले अघि बढाउनुपर्ने भए पनि अनुसन्धानका क्रममा आरोपीको बयान नै भिडियोमार्फत सार्वजनिक भएको घटनाले प्रहरीको कार्यशैलीमाथि प्रश्न उठाएको हो। सरोकारवालाले अनुसन्धान प्रक्रियामा गम्भीर लापरबाही भएको भन्दै यस विषयमा छानबिन हुनुपर्ने बताएका छन्।

जितपुर–सिमरा उपमहानगरपालिका–१ मा बालिका भदौ २ गते मृत अवस्थामा फेला परेकी थिइन्। घरबाट हराएको तीन दिनपछि उनको शव भेटिएको थियो। प्रहरी अनुसन्धानअनुसार बालिकाको बलात्कारपछि हत्या भएको निष्कर्ष निकालिएको छ।

घटनामा संलग्न रहेको आरोपमा भिडियोमा बयान दिने किशोरसहित प्रदीप खड्का र अन्य व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ। हालसम्म घटनामा संलग्नताको आरोपमा नौ जना पक्राउ परिसकेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी मीनबहादुर घलेले घटनामा संलग्न प्रदीप खड्कासहित हालसम्म नौ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए।

तपाइको प्रतिक्रिया
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाए विश्वासको मत, पक्षमा ५७ मत
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाए विश्वासको मत, पक्षमा ५७ मत
कोशी प्रदेश सरकारलाई हामी सहयोग गर्छौंः थापा
मुख्यमन्त्री कार्कीले मागे विश्वासको मत
बालिका हत्या प्रकरण : आरोपीको बयान हुँदा भिडिओ खिचेको आरोपमा प्रहरी हवल्दार पक्राउ
विराटनगरमा आयोजित शिविरमा एक सय जनाको दन्त परीक्षण
कांग्रेसले विश्वासको मतको विपक्षमा मतदान गर्ने
बालिका हत्या प्रकरण : आरोपीको बयान भिडियोमा, प्रहरी अनुसन्धानमाथि प्रश्न
स्कुल बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु 
स्कुल बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु 
‘एउटा शालिक ठड्याएर तीन वर्षीया बालिकाको जीवन फिर्ता आउँछ ?’
देउवा र खड्काद्वारा सर्वोच्चमा बेग्लाबेग्लै रिट
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×