सरकारले सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना गर्ने

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ८, सोमबार २१:३९

काठमाडौं । सरकारले सार्वजनिक निकायमा प्रयोग हुने सफ्टवेयरको विकास, स्तरोन्नति तथा मर्मतसम्भारका लागि सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना गर्ने भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा भदौ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको ‘सफ्टवेयर विकास तथा सञ्चालन समिति (गठन) आदेश, २०८३’ अनुसार केन्द्र स्थापना गर्न लागिएको हो।

Advertisement

सार्वजनिक निकायमा प्रयोग हुने सफ्टवेयरको व्यवस्थित विकास तथा सञ्चालनमार्फत सार्वजनिक सेवा प्रवाहलाई थप सूचना प्रविधिमैत्री बनाउने उद्देश्यले केन्द्र स्थापना गर्न लागिएको सरकारले जनाएको छ।

केन्द्रको नीति तथा कार्यक्रम निर्धारण, आवश्यक मार्गदर्शन र समन्वय गर्नुका साथै सफ्टवेयर विकास, स्तरोन्नति तथा मर्मतसम्भारसम्बन्धी कामको सुपरीवेक्षण गर्ने जिम्मेवारी समितिलाई दिइएको छ।

केन्द्र सञ्चालनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शासकीय मामिला हेर्ने सचिवको अध्यक्षतामा ६ सदस्यीय समिति गठन गरिएको छ। समितिले केन्द्रको कामलाई आवश्यक नीतिगत दिशा तथा समन्वय प्रदान गर्नेछ।

त्यस्तै, केन्द्रको प्रशासकीय प्रमुखका रूपमा एक जना कार्यकारी निर्देशक रहने व्यवस्था गरिएको छ। केन्द्रमा विभिन्न सेवाका राजपत्रांकित प्रथम श्रेणीका कर्मचारीसहित कुल ३० जना कर्मचारी रहनेछन्।

सरकारले केन्द्रमार्फत सार्वजनिक निकायका लागि आवश्यक सफ्टवेयरको विकास, विद्यमान प्रणालीको स्तरोन्नति तथा नियमित मर्मतसम्भारलाई व्यवस्थित गर्ने तयारी गरेको हो।

तपाइको प्रतिक्रिया
पार्टी पुनर्गठन होइन, पुनर्जागरण : ओली
जेनजीका माग सम्बोधन गर्न ‘समर्पित संयन्त्र’ मार्फत काम अघि बढाइने
इरान आर्थिक, सामाजिक र राजनीतिक रूपमा धराशायी हुँदैछ : ट्रम्प
सरकारले सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना गर्ने
सरकारी विज्ञापनमा ‘एकद्वार प्रणाली’ लागू गर्ने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज
जिल्ला अदालतका आदेश अब सोही दिन विद्युतीय प्रणालीमा प्रविष्ट गर्नुपर्ने
किसानलाई दूधको बाँकी भुक्तानी तत्काल तिर्न सर्वोच्चको परमादेश
बलात्कारका घटना रोक्न कडा कानुन बनाएर प्रभावकारी कार्यान्वयन गर्न सांसदहरूको माग
१६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने तयारी
प्रतिनिधिसभाबाट चार विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित
नेपाल ‘ए’ को पहिलो जित, होबार्ट हुरिकेन्स ३९ रनले पराजित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×