प्रतिनिधिसभाको बैठक स्थगित

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ९, मंगलबार १०:५२

काठमाडौं । प्रतिनिधिसभाको आज मंगलबार दिउँसो १ बजेका लागि तय भएको बैठक स्थगित भएको छ।

संघीय संसद् सचिवालयका अनुसार विशेष कारणले आजको बैठक स्थगित गरिएको हो। बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जनाइएको छ।

Advertisement

आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची थियो।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×