सुनसरीमा साइकल चलाउने क्रममा लडेर एक जनाको मृत्यु

Share this
755shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १०, बुधबार ०७:४८

इनरुवा । सुनसरीमा साइकल चलाउने क्रममा लडेर मंगलबार साँझ एक जनाको मृत्यु भएको छ ।

बराहक्षेत्र नगरपालिका–१० का अन्दाजी २३ वर्षीय खगेन्द्र दर्नालको मृत्यु भएको सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले बताए । उनका अनुसार साँझ ५ः३० बजेतिर आफ्नै घरको आँगनमा ‘लेडिज साइकल’ चलाउने क्रममा दर्नाल अचानक लडेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

Advertisement

साइकलबाट अचानक लडेका दर्नालको छातीको बायाँतर्फको बीच भागमा पाइडलको चुच्चो भाग छिरेको पाइएको छ । छातीमा फलामको चुच्चो भाग छिरेर उनको घटनास्थलमै मृत्यु भएको डीएसपी खड्काले बताए ।

घटनाको जानकारी पाउनसाथ इलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोली घटनास्थल पुगेको थियो । प्रहरीले शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल इनरुवा लगेको छ ।

दर्नालले साइकल राम्ररी चलाउन नजान्ने र सिक्ने क्रममा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ । इन्स्पेक्टर विक्रमबहादुर भट्टराई नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×