
तेह्रथुम । ५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पुरुष पक्राउ परेका छन्।
छथर गाउँपालिका–२ मा भदौ ९ गते राति घरमा सुतिरहेको अवस्थामा स्थानीय ४४ वर्षीय लिलमबहादुर लिम्बुले महिलामाथि जबरजस्ती करणी गरेको सूचना प्रहरीले प्राप्त गरेको थियो।
सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले लिम्बुलाई सोही दिन नियन्त्रणमा लिएको जनाएको छ।
पीडित महिलाले इलाका प्रहरी कार्यालय वसन्तपुरमा जाहेरी दिएपछि आरोपितको स्वास्थ्य परीक्षण गरी प्रहरी हिरासतमा राखिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ल प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ।



















