प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरका लागि ११ सांसदले दर्ता गराए प्रश्न

Share this
706shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १०, बुधबार १०:२०

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहसँग बुधबार हुने प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमका लागि विभिन्न राजनीतिक दलका ११ जना सांसदले प्रश्न दर्ता गराएका छन्।

प्रतिनिधिसभा नियमावलीअनुसार दलीय उपस्थितिका आधारमा १५ जना सांसदले प्रधानमन्त्रीसँग प्रश्न सोध्न पाउने व्यवस्था छ। तर, बुधबारको प्रश्नोत्तरका लागि ११ जना सांसदले मात्रै सचिवालयमा आफ्नो नाम दर्ता गराएको संघीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले जानकारी दिए।

Advertisement

सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सात जना सांसदले प्रश्न सोध्न पाउने भए पनि तीन जनाले मात्रै प्रश्न दर्ता गराएका छन्। प्रश्न दर्ता गराउने सांसदहरूमा रास्वपाका अमरेशकुमार सिंह, समीक्षा बास्कोटा र कृष्णहरि बुढाथोकी छन्।

त्यस्तै, नेपाली कांग्रेसबाट प्रमुख सचेतक वासना थापा र गीता गुरुङ, नेकपा (एमाले) बाट प्रमुख सचेतक ऐनबहादुर महर र गणेशसिंह ठगुन्नाले प्रश्न दर्ता गराएका छन्।

नेपाली कम्युनिस्ट पार्टीबाट वर्षमान पुन र प्रमेशकुमार हमालले प्रश्न दर्ता गराएका छन्। श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्कराज राई तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले पनि प्रधानमन्त्रीसँग प्रश्न गर्न नाम दर्ता गराएका छन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×