रसुवाको टिमुरेमा ड्युटीमा खटिएको सशस्त्र प्रहरी टोली सम्पर्कविहीन

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १०, बुधबार ११:०२

काठमाडौं । रसुवाको टिमुरे क्षेत्रमा ड्युटीमा खटिएको सशस्त्र प्रहरीको टोली बाढीपछि सम्पर्कविहीन भएको छ। भोटेकोसी नदीमा आएको आकस्मिक बाढीका कारण सञ्चार सम्पर्क प्रभावित भएपछि टोलीसँग सम्पर्क हुन नसकेको सशस्त्र प्रहरीले जनाएको छ। टोलीमा कतिजना छन् भन्ने खुलेको छैन।

आज  (बुधबार) बिहान तिब्बततर्फबाट टिमुरे नाका हुँदै ठूलो बाढी नेपाल प्रवेश गरेपछि टिमुरे बजारसहित आसपासका क्षेत्रमा ठूलो क्षति पुगेको छ। बाढीले धेरै घर तथा संरचना बगाएको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ। क्षतिको यकिन विवरण भने संकलन भइरहेको छ।

Advertisement

बाढीका कारण प्रभावित क्षेत्रमा सञ्चार सेवा अवरुद्ध रहेकाले घटनाको विस्तृत विवरण प्राप्त गर्न कठिनाइ भइरहेको सुरक्षा निकायले जनाएको छ। यसैबीच, टिमुरे क्षेत्रमा ड्युटीमा रहेका नेपाल प्रहरीका सात जना सम्पर्कमा आएका छन्। उनीहरूको अवस्था तथा घटनासम्बन्धी थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

सम्पर्कविहीन सशस्त्र प्रहरी टोलीको अवस्थाबारे यकिन जानकारी प्राप्त गर्न प्रयास भइरहेको छ। प्रभावित क्षेत्रमा विपद्को अवस्था गम्भीर रहेकाले सुरक्षा निकायले आपसी समन्वयमा उद्धार तथा राहतका लागि आवश्यक प्रयास अघि बढाइरहेका छन्।

यसअघि जल तथा मौसम विज्ञान विभागले तिब्बततर्फ हिमताल विस्फोट भएर आकस्मिक बाढी आएको हुनसक्ने प्रारम्भिक अनुमान गरेको थियो। बाढी भोटेकोसी हुँदै त्रिशूली नदीमा समेत पुगेपछि धादिङको गल्छी क्षेत्र र त्यसपछि मुग्लिन आसपासका तटीय क्षेत्रमा समेत जोखिम बढेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

बाढी पूर्वानुमान महाशाखाले त्रिशूली नदीको तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सर्न तथा स्थानीय प्रशासन र सुरक्षा निकायको निर्देशन पालना गर्न अनुरोध गरेको छ।

यसैबीच, बाढीले रसुवाका ३ वटा प्रहरी कार्यालयमा क्षति पुगेको छ। इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकी स्याफ्रुवेशी र प्रहरी चौकी रसुवागढीमा क्षति पुगेको हो। बागमती प्रदेश प्रहरी कार्यालयका एसएसपी राजेन्द्र धमलालाले प्रहरीको रेडियो सेटमा सम्पर्क हुन नसक्दा यकिन विवरण नआएको बताए।

तपाइको प्रतिक्रिया
बाढीको वितण्डा : फेला पर्न थाले मृतकका शवहरू
भोटेकोशीमा आकस्मिक बाढी : चीनसँग समन्वय, पुनः बाढीको जोखिम
गृहमन्त्रीले संसद्लाई भोटेकोशी बाढीको जानकारी गराउने, प्रधानमन्त्रीको प्रश्नोत्तर स्थगित
बाढी प्रभावितको उद्धार र राहतमा जुट्न डा. शशांक कोइरालाको आग्रह
बाढी प्रभावितको उद्धार र राहतमा जुट्न डा. शशांक कोइरालाको आग्रह
४१ सुरक्षाकर्मी र १४ जना भन्सार कर्मचारी सम्पर्कविहीन
उद्धार एवं राहतमा जुट्न राष्ट्रपति र प्रधानमन्त्रीको अपिल
कांग्रेसको आकस्मिक बैठक
जोगबनी नाकाबाट आयात–निर्यात पुनः सुचारु
जोगबनी नाकाबाट आयात–निर्यात पुनः सुचारु
भोटेकोशीको बाढीले अवस्था भयावह (तस्बिरहरु)
अहिलेसम्म कति जनाको भयो उद्धार ?, बाढीपीडितको उद्धारमा निजी हेलिकप्टरले अनुमति लिन नपर्ने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×