
नुवाकोट । रसुवाबाट आएको भीषण बाढीले नुवाकोटको त्रिशूली बजार आसपासका करिब ६० घर बगाएको छ। बाढीका कारण देवीघाट क्षेत्रसमेत प्रभावित भएको छ।
नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार बाढी आउनुअघि पूर्वसूचना प्राप्त भएपछि त्रिशूली नदी आसपासका स्थानीय सुरक्षित स्थानमा गएकाले हालसम्म मानवीय क्षतिको विवरण प्राप्त भएको छैन।
बाढीले त्रिशूली बजारका केही घरसँगै त्रिशूली नदीमा रहेका दुईवटा पक्की पुलसमेत बगाएको छ। बाढीबाट त्रिशूली र देवीघाट जलविद्युत् आयोजना पनि क्षतिग्रस्त भएका छन्।
यस्तै, बाढीले २५ मेगावाट क्षमताको सौर्य प्लान्टका तीनवटा ब्लक र सबस्टेसनसमेत बगाएको प्रजिअ रेग्मीले जानकारी दिए। बाढीबाट भएको क्षतिको विस्तृत विवरण संकलन भइरहेको प्रशासनले जनाएको छ।

























