बाढीपछि ३८४ जना पर्यटक सम्पर्कविहीन

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १०, बुधबार १६:३७

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परी ३८४ जना पर्यटक सम्पर्कविहीन भएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार आज (बुधबार) बिहान भोटेकोशीमा आएको बाढीमा परेर २९१ विदेशी र ९३ नेपाली सम्पर्कविहीन भएका हुन् ।

पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मतसिंह ऐरले विभिन्न कम्पनीमार्फत गोसाइँकुण्ड र कैलाश मानसरोवर गएका ३८४ पर्यटक सम्पर्कविहीन भएको जानकारी दिए । बाढी प्रभावित क्षेत्रमा रहेका पर्यटकको अवस्था पत्ता लगाउन पर्यटन प्रहरी, स्थानीय प्रशासन र सुरक्षा निकाय परिचालन गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

Advertisement

बोर्डका अनुसार बेपत्ता हुनेमा सम्राट टुर्स एण्ड ट्राभलमार्फ ७१ जना, काठमाडौं होलिडे टुर्स एण्ड ट्राभलमार्फत १७ जना, लिफ होलिडेमार्फत ५५ जना, कैलाश जर्नीमार्फत ३१ जना, एक्सप्लोर भ्याकेशनमार्फत सात जना, ट्रेकर सोसाइटीमार्फत ९२ जना घुम्न गएका थिए ।

यस्तै, रिचा टुर्स एण्ड ट्राभलमार्फत १२ जना, फिस्टेल टुर्स एण्ड ट्राभलमार्फत २७ जना, हिमालयन ग्यासियरमार्फत ५२ जना र अल्पाइन इको टे«कमार्फत २० जना भ्रमणमा रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

बाढीले टिमुरे र स्याफ्रुबेंसी क्षेत्रका बस्ती, प्रहरी चौकी र भन्सार कार्यालयमा ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण रसुवागढी नाका जोड्ने सडक र पुलहरू समेत क्षतिग्रस्त भएको छ। नेपाल पर्यटन बोर्डले कुनै पनि जानकारी वा सहयोगका लागि टोल फ्रि नम्बर १२३४, हटलाइन नम्बर ११४४ र पर्यटन प्रहरी ९८५१२८९४४५ मा सम्पर्क गर्न भनेको छ ।

तपाइको प्रतिक्रिया
बाढीपछि ४४ सैनिकसहित ८५ सुरक्षाकर्मी र बैंकका २६ कर्मचारी सम्पर्कविहीन
इटहरीका डीएसपी सुवास हमाल सर्वोत्कृष्ट प्रहरी
बाढी प्रभावितको उद्धारमा जुट्न कांग्रेस र एमालेको आग्रह
बाढी प्रभावित क्षेत्र तीन महिनाका लागि विपद् संकटग्रस्त घोषणा, उद्धारदेखि पुनर्निर्माणसम्म सरकारका १० निर्णय
भारत, चीन र विश्व बैंकको सहयोग प्रस्ताव, ‘के चाहिन्छ, सूची पठाउनुस्’
नेपाली कांग्रेसका सबै कार्यक्रम स्थगित, राहत र उद्धारमा केन्द्रित हुने निर्णय
नेपाली कांग्रेसका सबै कार्यक्रम स्थगित, राहत र उद्धारमा केन्द्रित हुने निर्णय
बाढीपीडितको उद्धारमा राज्यका सबै संयन्त्र परिचालन गर्न ओलीको आग्रह
रसुवाका सबै स्थानीय तह संकटग्रस्त क्षेत्र घोषित
बाढीमा मृत्यु हुनेको संख्या २० भन्दा बढी पुग्यो, घाइतेहरुको उपचार हुँदै
विदेश पठाउने प्रलोभनमा लाखौँ ठगी गर्ने तीन जना पक्राउ
झापाका युवाले दिए प्रधानमन्त्रीलाई ज्यान मार्ने धम्की
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×