बाढीमा मृत्यु हुनेको संख्या २० भन्दा बढी पुग्यो, घाइतेहरुको उपचार हुँदै

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १०, बुधबार १६:५८
फोटो क्याप्सन : बाढीमा परेर घाइते भएकाको उद्धार गर्दै नेपाली सेना ।

काठमाडौं । आकस्मिक बाढीमा परेर हालसम्म मृत्यु हुनेको संख्या २० पुगेको छ । मृतकहरुको शव रसुवा, नुवाकोट, धादिङमा फेला परेको प्रहरीको जनाएको छ । मृतकहरुको पहिचान खुल्न बाँकी छ ।

बाढीका कारण कैयौं मानिसहरु घाइते भएका छन् । धेरै जना बेपत्ता भएको अनुमान छ । यकिन विवरण प्राप्त भइसकेको छैन । बाढीले कैयौं घरहरु बगाएका कारण मृतक, घाइते र बेपत्ता हुनेहरुको संख्या धेरै हुन सक्ने प्रहरीको अनुमान छ ।

Advertisement

बाढीमा फसेका ११० जनालाई नेपाली सेना र निजी कम्पनीका हेलिकप्टरमार्फत उद्धार गरिएको छ । प्रधानमन्त्री कार्यालयका अनुसार धुन्चे क्षेत्रबाट ८५, टिमुरेबाट १३, मैलुङबाट ५, बेतावत्रीबाट ४ र त्रिशूली क्षेत्रबाट ३ जनाको उद्धार गरिएको हो ।

बुधबार भोटेकोशीमा आएको आकस्मिक बाढीले रसुवासँगै नुवाकोट, धादिङ र चितवनमा समेत ठूलो क्षति पुर्‍याएको छ । रसुवागढी क्षेत्रमा बिहान आएको बाढीका कारण टिमुरे, रसुवागढी र स्याफ्रुबेँसी क्षेत्र प्रभावित भएका छन् । बाढीले बस्ती, बजार, प्रहरी कार्यालय, सडक तथा जलविद्युत् आयोजनाका संरचना बगाएको छ ।

बाढीका कारण घाइते भएकाहरूको सरकारले निःशुल्क उपचार गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले घाइतेको तत्काल निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, नेपाली सेना र सरकारी अस्पतालमार्फत मिलाउने निर्णय गरेको हो ।

प्रतिनिधिसभा बैठकलाई घटनाको जानकारी दिँदै परराष्ट्रमन्त्री शिशिर खनालले घाइते तथा बिचल्लीमा परेका व्यक्तिको तत्काल उद्धार गरी सुरक्षित स्थानमा सार्ने व्यवस्था गर्न गृह मन्त्रालय र रक्षा मन्त्रालयलाई जिम्मेवारी दिइएको बताए । उद्धारका लागि नेपाली सेना तथा निजी क्षेत्रका हेलिकप्टर परिचालन गर्ने निर्णयसमेत भएको उनले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
बालेनलाई मोदीको फोन, उद्धार र राहतमा सहयोगको प्रतिबद्धता
बाढीको प्रारम्भिक कारण हिम–चट्टान पहिरो भएको संकेत
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ७२ पुग्यो
राष्ट्रिय स्वतन्त्र पार्टी
बाढीपीडितका लागि सत्तारुढ रास्वपाले ५० लाख दिने
बाढीपछि ४४ सैनिकसहित ८५ सुरक्षाकर्मी र बैंकका २६ कर्मचारी सम्पर्कविहीन
इटहरीका डीएसपी सुवास हमाल सर्वोत्कृष्ट प्रहरी
बाढी प्रभावितको उद्धारमा जुट्न कांग्रेस र एमालेको आग्रह
बाढी प्रभावित क्षेत्र तीन महिनाका लागि विपद् संकटग्रस्त घोषणा, उद्धारदेखि पुनर्निर्माणसम्म सरकारका १० निर्णय
भारत, चीन र विश्व बैंकको सहयोग प्रस्ताव, ‘के चाहिन्छ, सूची पठाउनुस्’
नेपाली कांग्रेसका सबै कार्यक्रम स्थगित, राहत र उद्धारमा केन्द्रित हुने निर्णय
नेपाली कांग्रेसका सबै कार्यक्रम स्थगित, राहत र उद्धारमा केन्द्रित हुने निर्णय
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×