रसुवाका सबै स्थानीय तह संकटग्रस्त क्षेत्र घोषित

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १०, बुधबार १७:११

काठमाडौं । सरकारले बाढीबाट प्रभावित रसुवा जिल्लाका सबै स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

बुधबार बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ बमोजिम यस्तो निर्णय गरेको हो । निर्णयलाई नेपाल राजपत्रमा सूचना प्रकाशित गरी औपचारिकता दिने सरकारको तयारी छ ।

Advertisement

परराष्ट्रमन्त्री शिशिर खनालले प्रतिनिधिसभामा रसुवा बाढीका बारेमा जानकारी दिँदै बुधबार बिहान भूकम्पपछि आएको पहिरोका कारण ठूलो बाढी आएको प्रारम्भिक जानकारी प्राप्त भएको बताए । बाढीका कारण रसुवाको टिमुरे, रसुवागढी र स्याफ्रुबेँसीसहित नुवाकोटका विभिन्न क्षेत्रमा ठूलो क्षति पुगेको उनले जानकारी दिए ।

बाढीका कारण प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका गरी दर्जनौँ सुरक्षाकर्मी सम्पर्कविहीन रहेको तथा विभिन्न सरकारी कार्यालयका कर्मचारीसमेत सम्पर्कविहीन भएको जानकारी सरकारले दिएको छ । प्रभावित क्षेत्रमा केही शव फेला परेको र ठूलो भौतिक क्षति भएको बताइएको छ ।

बाढीले सडक, पुल, बस्ती, बजार, प्रहरी कार्यालय तथा जलविद्युत् आयोजनाका संरचनामा क्षति पुर्‍याएको छ । भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले पूर्वाधारमा मात्रै करिब दुई खर्ब रुपैयाँ हाराहारी क्षति भएको प्रारम्भिक अनुमान गरिएको बताएका छन् ।

बाढीको गम्भीर अवस्थालाई ध्यानमा राख्दै प्रतिनिधिसभाले बुधबारका निर्धारित कार्यसूचीसमेत हटाएको छ । सभामुख डोलप्रसाद अर्यालले उद्धार, उपचार, राहत तथा बेपत्ताको खोजीलाई प्रभावकारी बनाउन सरकारका सबै संयन्त्र परिचालन गर्न निर्देशन दिएका छन् । विपक्षी दलका सांसदहरूले समेत उद्धार तथा राहत कार्यमा सरकारलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

तपाइको प्रतिक्रिया
रसुवाको बाढीको प्रारम्भिक कारण हिम–चट्टान पहिरो भएको संकेत
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ७२ पुग्यो
राष्ट्रिय स्वतन्त्र पार्टी
बाढीपीडितका लागि सत्तारुढ रास्वपाले ५० लाख दिने
बाढीपछि ४४ सैनिकसहित ८५ सुरक्षाकर्मी र बैंकका २६ कर्मचारी सम्पर्कविहीन
इटहरीका डीएसपी सुवास हमाल सर्वोत्कृष्ट प्रहरी
बाढी प्रभावितको उद्धारमा जुट्न कांग्रेस र एमालेको आग्रह
बाढी प्रभावित क्षेत्र तीन महिनाका लागि विपद् संकटग्रस्त घोषणा, उद्धारदेखि पुनर्निर्माणसम्म सरकारका १० निर्णय
भारत, चीन र विश्व बैंकको सहयोग प्रस्ताव, ‘के चाहिन्छ, सूची पठाउनुस्’
नेपाली कांग्रेसका सबै कार्यक्रम स्थगित, राहत र उद्धारमा केन्द्रित हुने निर्णय
नेपाली कांग्रेसका सबै कार्यक्रम स्थगित, राहत र उद्धारमा केन्द्रित हुने निर्णय
बाढीपीडितको उद्धारमा राज्यका सबै संयन्त्र परिचालन गर्न ओलीको आग्रह
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×