बाढीको प्रारम्भिक कारण हिम–चट्टान पहिरो भएको संकेत

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १०, बुधबार १९:०९

काठमाडौं । रसुवामा आएको भीषण बाढीको प्रारम्भिक कारण नेपाल–चीन सीमाक्षेत्रमा गएको हिम–चट्टान पहिरो हुनसक्ने देखिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको प्रारम्भिक अध्ययनले रसुवागढीबाट करिब २० किलोमिटर उत्तरपूर्वमा यस्तो पहिरो गएको देखाएको हो ।

प्राधिकरणका अनुसार प्लानेट ल्याब्सबाट प्राप्त स्याटेलाइट तस्बिरको विश्लेषण गर्दा नेपाल–चीन सीमाक्षेत्रमा ठूलो हिम–चट्टान पहिरो गएको संकेत भेटिएको छ । सोही पहिरोका कारण चीनको ल्हेन्दे खोलामा एक्कासि ठूलो परिमाणमा पानी र गेग्रान मिसिएर बाढी आएको हुनसक्ने अनुमान गरिएको छ ।

Advertisement

ल्हेन्दे खोलामा आएको बाढी टिमुरे हुँदै त्रिशूली नदीमा मिसिएको प्रारम्भिक अध्ययनले देखाएको प्राधिकरणले जनाएको छ । पहिरोसँगै ठूलो मात्रामा गेग्रान खोलामा खसेपछि बाढीको बहाव थप शक्तिशाली बनेको र त्यसले तल्लो तटीय क्षेत्रमा व्यापक क्षति पुर्‍याएको अनुमान गरिएको छ ।

प्राधिकरणले यो निष्कर्षलाई प्रारम्भिक अध्ययनका रूपमा सार्वजनिक गरेको हो । घटनाको वास्तविक कारण र क्षतिको विस्तृत विवरणका लागि थप अध्ययन तथा स्थलगत अनुसन्धान आवश्यक रहेको जनाइएको छ ।

बुधबार बिहान चीनको तिब्बततर्फबाट आएको बाढीले रसुवासहित नुवाकोट र धादिङमा ठूलो क्षति पुर्‍याएको छ । बाढीका कारण ठूलो जनधनको क्षति भएको छ । हालसम्म ७२ जनाभन्दा बढीको शव फेला परिसकेको र सयौं व्यक्ति सम्पर्कविहीन रहेको विवरण सार्वजनिक भएको छ ।

बाढीपछि प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी रहेको छ । प्रारम्भिक अध्ययनमा देखिएको हिम–चट्टान पहिरो र त्यसबाट उत्पन्न गेग्रानसहितको बाढीका बारेमा थप तथ्य संकलन भइरहेको प्राधिकरणले जनाएको छ ।

तपाइको प्रतिक्रिया
श्रद्धा र सद्भावका साथ १५०१ औँ मोहम्मद जयन्ती मनाइयो (फोटो फिचर) 
श्रद्धा र सद्भावका साथ १५०१ औँ मोहम्मद जयन्ती मनाइयो (फोटो फिचर) 
हिमताल विस्फोटबाट भएको क्षतिप्रति पूर्वराजा ज्ञानेन्द्रद्वारा दुःख व्यक्त 
बाढी पीडितको उद्धार र राहतमा जुट्न पूर्वराजाको अपिल
बाढीपीडितको उद्धार र राहतलाई तीव्र बनाउने प्रधानमन्त्री शाहको घोषणा
भोटेकोशी बाढी प्रभावितको उद्धार र राहतमा जुट्न एमाले नेता पर्शुराम बस्नेतको अपिल (भिडियोसहित)
एनआरएनएले दिने भयो बाढीपीडितका लागि ५ करोड
एलिस च्याम्पियनसिपमा भाग लिन कुस्ती टोली किर्गिस्तान जाँदै 
एलिस च्याम्पियनसिपमा भाग लिन कुस्ती टोली किर्गिस्तान जाँदै 
गोरखामा बाढीले बगाएको ८ शव फेला
बालेनलाई मोदीको फोन, उद्धार र राहतमा सहयोगको प्रतिबद्धता
बाढीको प्रारम्भिक कारण हिम–चट्टान पहिरो भएको संकेत
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ७२ पुग्यो
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×