भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ९५ पुग्यो, २८ प्रहरी सम्पर्कविहीन

Share this
686shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १०, बुधबार २१:१२

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या ९५ पुगेको छ। नेपाल प्रहरीले बुधबार साँझसम्म ९५ जनाको शव फेला परेको पुष्टि गरेको हो।

प्रहरीका अनुसार फेला परेका शवमध्ये २७ महिला, ३७ पुरुष, ६ बालिका, ५ बालक र २० जनाको पहिचान खुल्न सकेको छैन। जिल्लागत विवरणअनुसार रसुवामा एक पुरुषको शव फेला परेको छ। नुवाकोटमा पाँच महिला र छ पुरुष गरी ११ जनाको शव भेटिएको छ।

Advertisement

धादिङमा ११ महिला, पाँच पुरुष र दुई जनाको पहिचान नखुलेको शव गरी १८ जनाको शव फेला परेको प्रहरीले जनाएको छ। गोरखामा एक महिला, चार पुरुष, एक बालक र १० जना पहिचान नखुलेका व्यक्तिको शव भेटिएको छ।

चितवनमा १० महिला, १० पुरुष, दुई बालिका, तीन बालक र आठ जना पहिचान नखुलेका व्यक्तिको शव फेला परेको छ। त्यस्तै, तनहुँमा तीन पुरुष, एक बालिका र एक बालकको शव भेटिएको छ। नवलपरासी पूर्वमा आठ पुरुष र तीन बालिकाको शव फेला परेको प्रहरीले जनाएको छ।

६३ घाइते उपचाररत

बाढीमा परी घाइते भएका ६३ जनाको उद्धार गरी विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। उपचाररत घाइतेमध्ये महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा २१ जना, राष्ट्रिय ट्रमा सेन्टरमा सात जना, वीरेन्द्र सैनिक अस्पतालमा एक जना, रसुवा अस्पतालमा २१ जना र त्रिशूली अस्पतालमा १६ जना छन्।

त्यस्तै, नर्भिक अस्पतालमा तीन जना र ग्रीनसिटी अस्पतालमा एक जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ। बाढीपछि उद्धार तथा खोजी कार्य जारी रहे पनि २८ जना प्रहरी अझै सम्पर्कविहीन रहेको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुसार टिमुरेबाट १०, रसुवागढीबाट आठ, स्याफ्रुबेँसीबाट तीन, मैलुङबाट पाँच तथा वेत्रावती र हाकुबाट एक–एक जना प्रहरी सम्पर्कविहीन छन्।

तपाइको प्रतिक्रिया
भारतले बाढीपीडितका लागि १० टन राहत सामग्री पठायो
रसुवाको बाढीमा ४०३ पर्यटक सम्पर्कविहीन, ३४१ विदेशी
जलविद्युत आयोजनाका १९६ भन्दा बढी कर्मचारी सम्पर्कविहीन
‘रसुवाको भोटेकोशी र सिन्धुपाल्चोकको भोटेकोशी एउटै होइनन्’
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ९५ पुग्यो, २८ प्रहरी सम्पर्कविहीन
श्रद्धा र सद्भावका साथ १५०१ औँ मोहम्मद जयन्ती मनाइयो (फोटो फिचर) 
श्रद्धा र सद्भावका साथ १५०१ औँ मोहम्मद जयन्ती मनाइयो (फोटो फिचर) 
हिमताल विस्फोटबाट भएको क्षतिप्रति पूर्वराजा ज्ञानेन्द्रद्वारा दुःख व्यक्त 
बाढी पीडितको उद्धार र राहतमा जुट्न पूर्वराजाको अपिल
बाढीपीडितको उद्धार र राहतलाई तीव्र बनाउने प्रधानमन्त्री शाहको घोषणा
भोटेकोशी बाढी प्रभावितको उद्धार र राहतमा जुट्न एमाले नेता पर्शुराम बस्नेतको अपिल (भिडियोसहित)
एनआरएनएले दिने भयो बाढीपीडितका लागि ५ करोड
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×