
काठमाडौं । भारतले नेपालका बाढी प्रभावित क्षेत्रका लागि १० टन राहत तथा औषधिजन्य सामग्री पठाएको छ।
राहत तथा उद्धार सामग्री बोकेको भारतीय वायुसेनाको जहाज बुधबार काठमाडौंका लागि उडेको हो।
भारतीय विदेशमन्त्री डा. एस जयशंकरले नेपालका बाढी प्रभावित क्षेत्रमा मानवीय सहायता उपलब्ध गराउन १० टन राहत तथा औषधिजन्य सामग्री पठाइएको जानकारी दिएका छन्।
उनले विपद्को यस घडीमा नेपाललाई मानवीय सहायता उपलब्ध गराइएको उल्लेख गरेका छन्।

























