कोशीसहित पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

Share this
731shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ११, बिहीबार ०६:१८
कोशी, बागमती र गण्डकीमा ‘धेरै भारी’ वर्षाको सम्भावना 

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज (बिहीबार) विभिन्न प्रदेशमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेकाले वर्षा हुने क्रम जारी रहने देखिएको हो ।

महाशाखाका अनुसार अहिले कोशी प्रदेशका अधिकांश भू–भागमा बादल लागेको छ भने अन्य प्रदेशका धेरै स्थानमा आंशिक बदली रहेको छ । कोशीका केही स्थान तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

Advertisement

बिहीबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ । हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

कोशी र बागमतीका पहाडी भू–भागका केही स्थान तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ । तराईका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ ।

कोशी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भाग, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्र तथा लुम्बिनीका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ । राति पनि देशभर सामान्यतया बदली रहने मौसम महाशाखाले जनाएको छ । भारी वर्षाको सम्भावना रहेका क्षेत्रका नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×