रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या १५७ पुग्यो

Share this
760shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ११, बिहीबार ०६:२७

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण मृत्यु हुनेको संख्या १५७ पुगेको छ । नेपाल प्रहरीले बुधबार राति ११ बजेतिर सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बाढी प्रभावित विभिन्न सात जिल्लाबाट १५७ जनाको शव फेला परेको हो ।

प्रहरीका अनुसार मृतकमध्ये ३४ जना महिला, ६३ जना पुरुष, ६ जना बालिका र ७ जना बालक छन् । थप ४७ जनाको भने अहिलेसम्म पहिचान खुल्न सकेको छैन ।

Advertisement

रसुवामा तीन पुरुषको शव फेला परेको छ । नुवाकोटमा ६ महिला र ७ पुरुष गरी १३ जनाको शव भेटिएको प्रहरीले जनाएको छ ।

त्यस्तै, धादिङमा १० महिला, १० पुरुष, एक बालिका र पहिचान नखुलेका ६ जनासहित २७ जनाको शव फेला परेको छ । गोरखामा दुई महिला, आठ पुरुष, एक बालक र पहिचान खुल्न नसकेका आठ जनासहित १९ जनाको मृत्यु भएको छ ।

चितवनमा १३ महिला, १८ पुरुष, एक बालिका, चार बालक र पहिचान नखुलेका २८ जनासहित ६४ जनाको शव फेला परेको छ । तनहुँमा एक महिला, पाँच पुरुष, एक बालिका, एक बालक र एक जना पहिचान नखुलेका गरी नौ जनाको शव भेटिएको छ ।

नवलपरासी पूर्वमा दुई महिला, १२ पुरुष, तीन बालिका, एक बालक र पहिचान नखुलेका चार जनासहित २२ जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।बाढीपछि २८ जना प्रहरी कर्मचारीसमेत सम्पर्कविहीन रहेको प्रहरीको विवरणमा उल्लेख छ ।

बाढीबाट घाइते भएका ४१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररत ४१ जनामध्ये २० जना त्रिवि शिक्षण अस्पताल महाराजगन्ज, चार जना ट्रमा सेन्टर, तीन जना वीर अस्पताल, एक जना वीरेन्द्र सैनिक अस्पताल छाउनी, तीन जना नर्भिक अस्पताल र नौ जना त्रिशूली अस्पतालमा उपचाररत छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×