नेपाललाई मानवीय सहायता गर्ने अमेरिकाको घोषणा

Share this
788shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ११, बिहीबार ०६:४६

काठमाडौं । अमेरिकाले बाढीबाट प्रभावित नेपाललाई मानवीय सहायता गर्ने घोषणा गरेको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले नेपालमा आएको विनाशकारी बाढी तथा डुबानप्रति दुःख व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल एक्समार्फत सन्देश जारी गर्दै विदेशमन्त्री रुबियोले विपद्को यस घडीमा अमेरिका नेपाली जनताको साथमा रहेको बताएका हुन् । रुबियोले ‘विनाशकारी बाढीपछि हामी नेपाली जनताप्रति ऐक्यबद्धता प्रकट गर्दछौँ र हाम्रो प्रार्थना नेपाली जनताको साथमा छ’ भन्दै विपद्बाट प्रभावित नेपालीप्रति सहानुभूति व्यक्त गरेका छन् ।

Advertisement

उनले बाढी तथा डुबानबाट उत्पन्न संकटमा नेपाललाई आवश्यक मानवीय सहायता उपलब्ध गराउन अमेरिकी विदेश मन्त्रालय नेपाल सरकारसँग सहकार्य गर्न पूर्ण रूपमा तयार रहेको समेत बताए ।

अमेरिकी विदेशमन्त्रीको यो भनाइसँगै बाढी तथा डुबानबाट प्रभावित नेपालीलाई आवश्यक मानवीय सहयोग उपलब्ध गराउन अमेरिका तयार रहेको स्पष्ट भएको छ । रुबियोको सन्देशले विपद्को अवस्थामा नेपालप्रति अमेरिकी समर्थन र ऐक्यबद्धता व्यक्त गरेको छ ।

तपाइको प्रतिक्रिया
घट्यो सुनको मूल्य  
घट्यो सुनको मूल्य  
बाढी–पहिरो पीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह
बाढी–पहिरो पीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक
बाढीपछि कहाँ छन् बैंकका २७ कर्मचारी ?
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या पाँच सयनजिक
बाढीको केन्द्रबिन्दुबाट उत्तरगया अध्यक्षको पुकार, ‘फोटो खिच्न होइन, उद्धार र राहतमा जुटौँ’
मोरङमा ८ वर्षीया बालिका बलात्कृत, बाबु पक्राउ
विपद्का कारण भदौ १३ देखि विश्वविद्यालयका परीक्षा रोकिँदै
विराटनगर महानगरले भोटेकोशीपीडितलाई २५ लाख ५१ हजार दिने
भोटेकोशी बाढीपछि कोशी प्रदेशका १३० जना सम्पर्कविहीन, सोलुखुम्बुका मात्रै ३८ जना (नामावलीसहित)
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×