भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

Share this
672shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ११, बिहीबार १८:५२

काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढी तथा त्यसबाट सिर्जित विपद्मा परी मृत्यु हुनेको संख्या ३५९ पुगेको छ । बाढी तथा पहिरो प्रभावित क्षेत्रमा बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य जारी रहेकै अवस्थामा मृतकको संख्या थपिने क्रम जारी छ ।

प्रहरीका अनुसार बाढी तथा पहिरोबाट प्रभावित विभिन्न क्षेत्रमा खोजी तथा उद्धारका क्रममा हालसम्म ३५९ जनाको शव फेला परेको हो । प्रभावित क्षेत्रमा बेपत्ता तथा सम्पर्कविहीन व्यक्तिको खोजी कार्यलाई पनि निरन्तरता दिइएको छ ।

Advertisement

यसैबीच, काठमाडौंका विभिन्न अस्पतालमा बाढी तथा विपद्सँग सम्बन्धित ६३ जना उपचाररत रहेका छन् । उनीहरूको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, ग्रान्डी अस्पताल, मनमोहन मेमोरियल अस्पताल, नर्भिक अस्पताल, वीर अस्पताल, ट्रमा सेन्टर, ग्रिन सिटी अस्पताल, मनमोहन अस्पताल र वीरेन्द्र सैनिक अस्पताललगायतका स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

प्रहरीको विवरणअनुसार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा ३१ जना, ग्रान्डी अस्पतालमा १ जना, मनमोहन शुभम अस्पतालमा १ जना, नर्भिक अस्पतालमा २ जना, वीर अस्पतालमा २ जना, ट्रमा सेन्टरमा २२ जना, ग्रिन सिटी अस्पतालमा १ जना, मनमोहन अस्पतालमा २ जना र वीरेन्द्र सैनिक अस्पतालमा १ जना उपचाररत छन् ।

बाढीपछि उद्धार, खोजी तथा प्रभावित क्षेत्रको सुरक्षाका लागि नेपाल प्रहरीले ठूलो संख्यामा जनशक्ति परिचालन गरेको छ । हालसम्म ४ हजार ३ सय ४८ जना प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, डीआईजी अविनारायण काफ्लेले बताए ।

विपद्को क्रममा २८ जना प्रहरी कर्मचारी भने हालसम्म सम्पर्कविहीन रहेका छन् । उनीहरूको खोजी तथा अवस्थाका बारेमा जानकारी लिन प्रहरी टोली परिचालन गरिएको छ ।

डीआईजी काफ्लेले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा उद्धार, खोजी, घाइतेको उपचारका लागि अस्पतालसम्म पुर्‍याउने तथा प्रभावित नागरिकको सुरक्षाका लागि आवश्यक समन्वय भइरहेको बताए । सम्पर्कविहीन व्यक्ति र प्रहरी कर्मचारीको खोजी तथा उद्धार कार्यलाई प्राथमिकतामा राखिएको उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया
झापामा टिफरको ठक्करबाट साइकल यात्रीको मृत्यु 
खोटाङमा ट्याक्टर दुर्घटना : बालकको मृत्यु, १९ जना घाइते
बाढीले जलविद्युत् आयोजना तहसनहस, ९३४ कामदार अझै सम्पर्कविहीन
भोटेकोशी बाढीपछि ज्यान गुमाउनेको संख्या साढे पाँच सय नाघ्यो
भोटेकोशी बाढीपछि विराटनगर घर भएकी इन्जिनियर ऋचा निरौला सम्पर्कविहीन
इलामको माईखोलामा एक्कासि लेदोसहितको बाढी आएपछि…
जटिल उद्धारमा आवश्यक परे अन्तर्राष्ट्रिय प्राविधिक सहयोग लिने सरकारको तयारी
बाढीले देश अस्तव्यस्त, सत्ताका जिम्मेवारहरू भने रात्रिभोजमा
भोटेकोशी बाढीपछि कोशी प्रदेशका १३८ जनाको अवस्था अज्ञात
रसुवामा फेरि गुड्न थाले साना सवारी
रोजगारीका लागि रसुवा पुगेका झापाका १२ जना सम्पर्कविहीन
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×