बाढी प्रभावितका लागि ६ घण्टामै २७ करोड ३३ लाख सहयोग

Share this
728shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ११, बिहीबार २१:३१

काठमाडौं । रसुवामा बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, खोजी तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जुट्न थालेको छ । सरकारले प्राप्त हुने सहयोग रकम एकद्वार प्रणालीमार्फत संकलन गर्ने व्यवस्था गरेसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सहयोग रकम बुझ्न थालेका छन् ।

अर्थ मन्त्रालयका अनुसार पछिल्लो ६ घण्टामा विभिन्न कम्पनी तथा दाताबाट कोषका लागि २७ करोड ३३ लाख रुपैयाँ हस्तान्तरण भएको छ । बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि निजी क्षेत्रका विभिन्न कम्पनी तथा संघसंस्थाले कोषमा आर्थिक सहयोग गर्न थालेका हुन् ।

Advertisement

सरकारले कोषमा योगदान गर्ने दातृ कम्पनी तथा संघसंस्थाको विवरणसमेत सार्वजनिक गरेको छ। सहयोग रकमलाई प्रभावित क्षेत्रमा आवश्यकताका आधारमा उद्धार, राहत तथा पुनःस्थापनाका काममा परिचालन गरिने जनाइएको छ ।

तपाइको प्रतिक्रिया
झापामा टिफरको ठक्करबाट साइकल यात्रीको मृत्यु 
खोटाङमा ट्याक्टर दुर्घटना : बालकको मृत्यु, १९ जना घाइते
बाढीले जलविद्युत् आयोजना तहसनहस, ९३४ कामदार अझै सम्पर्कविहीन
भोटेकोशी बाढीपछि ज्यान गुमाउनेको संख्या साढे पाँच सय नाघ्यो
भोटेकोशी बाढीपछि विराटनगर घर भएकी इन्जिनियर ऋचा निरौला सम्पर्कविहीन
इलामको माईखोलामा एक्कासि लेदोसहितको बाढी आएपछि…
जटिल उद्धारमा आवश्यक परे अन्तर्राष्ट्रिय प्राविधिक सहयोग लिने सरकारको तयारी
बाढीले देश अस्तव्यस्त, सत्ताका जिम्मेवारहरू भने रात्रिभोजमा
भोटेकोशी बाढीपछि कोशी प्रदेशका १३८ जनाको अवस्था अज्ञात
रसुवामा फेरि गुड्न थाले साना सवारी
रोजगारीका लागि रसुवा पुगेका झापाका १२ जना सम्पर्कविहीन
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×