भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ३८९ पुग्यो

Share this
665shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ११, बिहीबार २२:००

काठमाडौं । रसुवास्थित भोटेकोसीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ३८९ पुगेको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार बिहीबार बेलुका ९ बजेसम्म ८ जिल्लामा ३८९ जनाको शव फेला परेको हो ।

Advertisement

सबैभन्दा धेरै शव चितवनस्थित नारायणी नदी किनारबाट फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणी नदी किनारबाट मात्रै १३७ जनाको शव निकालिएको छ ।

त्यस्तै, नवलपरासी पूर्वबाट ७ जनाको शव फेला परेको छ । रसुवामा १७, नुवाकोटमा २, धादिङमा ३३, गोरखामा ३२, तनहुँमा २८ र नवलपरासी पश्चिममा २७ जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार हालसम्म बाढी प्रभावित क्षेत्रबाट ४६६ जनाको उद्धार गरिएको छ । रसुवाबाट मात्रै २८९ जनाको उद्धार गरिएको छ ।

त्यस्तै, नुवाकोटबाट ९० जना, धादिङबाट ३ जना र अन्य प्रभावित क्षेत्रबाट ८४ जनालाई उद्धार गरी काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ ।

प्रभावित क्षेत्रमा बेपत्ताको खोजी, उद्धार तथा शव खोज्ने कार्यलाई निरन्तरता दिइएको छ ।

तपाइको प्रतिक्रिया
झापामा टिफरको ठक्करबाट साइकल यात्रीको मृत्यु 
खोटाङमा ट्याक्टर दुर्घटना : बालकको मृत्यु, १९ जना घाइते
बाढीले जलविद्युत् आयोजना तहसनहस, ९३४ कामदार अझै सम्पर्कविहीन
भोटेकोशी बाढीपछि ज्यान गुमाउनेको संख्या साढे पाँच सय नाघ्यो
भोटेकोशी बाढीपछि विराटनगर घर भएकी इन्जिनियर ऋचा निरौला सम्पर्कविहीन
इलामको माईखोलामा एक्कासि लेदोसहितको बाढी आएपछि…
जटिल उद्धारमा आवश्यक परे अन्तर्राष्ट्रिय प्राविधिक सहयोग लिने सरकारको तयारी
बाढीले देश अस्तव्यस्त, सत्ताका जिम्मेवारहरू भने रात्रिभोजमा
भोटेकोशी बाढीपछि कोशी प्रदेशका १३८ जनाको अवस्था अज्ञात
रसुवामा फेरि गुड्न थाले साना सवारी
रोजगारीका लागि रसुवा पुगेका झापाका १२ जना सम्पर्कविहीन
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×