रोजगारीका लागि रसुवा पुगेका झापाका १२ जना सम्पर्कविहीन

Share this
794shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १२, शुक्रबार १६:५३

भद्रपुर । भोटेकोशी नदीको बाढीपछि हालसम्म सम्पर्कमा नआएका १२ जनाको खोजतलास र पहिचानका लागि झापा जिल्ला प्रहरी कार्यालयले आज (शुक्रबार) विवरण सार्वजनिक गरेको छ ।

प्रहरीका अनुसार सम्पर्कविहीन हुनेमा मेचीनगर नगरपालिका–६ का ४२ वर्षीय दीपक खरेल, कनकाई नगरपालिका–३ का ३८ वर्षीय घनश्याम भट्टराई, इलाम स्थायी घर भई झापा बस्दै आएका ३१ वर्षीय विनोद राई, शिवसताक्षी नगरपालिका–२ का ४० वर्षीय भक्तबहादुर राई छन् ।

Advertisement

त्यस्तै, गौरीगन्ज गाउँपालिका–३ का ३९ वर्षीय चुड्का टुडु, दमक नगरपालिका–१० का २६ वर्षीय सुलाल मुर्मु, गौरीगन्ज गाउँपालिका–३ का २८ वर्षीय केवलनाथ आचार्य, २८ वर्षीय ट्रक चालक नवीन श्रेष्ठ र कनकाई नगरपालिका–२ का ५६ वर्षीय लक्ष्मण गुरुङ, बुद्धशान्ति गाउँपालिका–२ का ३६ वर्षीय राजकुमार दियाली, ३० वर्षीया श्रुति दियाली र चार वर्षीय श्रीराज दियाली सम्पर्कविहीन छन् ।

सम्पर्कविहीन भएकामध्ये अधिकांश माथिल्लो त्रिशूली–१ लगायतका जलविद्युत् आयोजना, सुरुङ तथा टिमुरे क्षेत्रमा कार्यरत रहेको जानकारी दिइएको छ ।आफन्त तथा स्थानीय प्रशासनले उनीहरूका बारेमा कुनै जानकारी प्राप्त भएमा नजिकैको प्रहरी कार्यालय वा परिवारका सदस्यहरूलाई खबर गरिदिन अनुरोध गरेका छन् ।

तपाइको प्रतिक्रिया
झापामा टिफरको ठक्करबाट साइकल यात्रीको मृत्यु 
खोटाङमा ट्याक्टर दुर्घटना : बालकको मृत्यु, १९ जना घाइते
बाढीले जलविद्युत् आयोजना तहसनहस, ९३४ कामदार अझै सम्पर्कविहीन
भोटेकोशी बाढीपछि ज्यान गुमाउनेको संख्या साढे पाँच सय नाघ्यो
भोटेकोशी बाढीपछि विराटनगर घर भएकी इन्जिनियर ऋचा निरौला सम्पर्कविहीन
इलामको माईखोलामा एक्कासि लेदोसहितको बाढी आएपछि…
जटिल उद्धारमा आवश्यक परे अन्तर्राष्ट्रिय प्राविधिक सहयोग लिने सरकारको तयारी
बाढीले देश अस्तव्यस्त, सत्ताका जिम्मेवारहरू भने रात्रिभोजमा
भोटेकोशी बाढीपछि कोशी प्रदेशका १३८ जनाको अवस्था अज्ञात
रसुवामा फेरि गुड्न थाले साना सवारी
रोजगारीका लागि रसुवा पुगेका झापाका १२ जना सम्पर्कविहीन
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×